३ आश्विन २०८१, बिहीबार

विद्रोह सचेत र उत्पीडित समुदायले मात्रै गर्छ : विप्लव सी

0

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विद्रोह सचेत र उत्पीडित वर्ग – समुदायले मात्रै गर्न सक्ने बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बुधबारदेखि नेकपा केन्द्रीय कार्यालय, कपिलवस्तुमा भएको बैठकमा मोर्चाका नेताकार्यकर्तालाई प्रशिक्षण दिँदै उत्पादनसहितको राजनीतिमा अग्रसर हुन समेत उनले सबैलाई आग्रह गरे ।  पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले  नेपाली विशेषताको समाजवादी व्यवस्था र सी संस्कृति स्थापनाका निम्ति अग्रसर हुन पनि उनले आग्रह गरे ।

उत्पीडन नभोगेका र मार्क्सवादी सचेतना नभएकाले विद्रोह र क्रान्ति गर्न नसक्ने उनले स्पष्ट पारे । उत्पीडन र विभेदको अन्त्य समाजवादमा मात्रै हुने भएकोले नेपाली विशेषताको समाजवादका लागि सक्रिय हुन समेत उनले सबैलाई निर्देशन दिए ।

बैठकमा नेकपा स्कुलिङ विभाग प्रमुख भेषराज सी, पोलिटब्युरो सदस्य विजय सी, श्रमिक समुदाय विभाग प्रमुख सन्तोषी सी लगायतले प्रशिक्षण मन्तव्य राखे ।

बैठक श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षता र मोर्चाका महासचिव त्रिलोचन सीको सञ्चालनमा सम्पन्न भएको हो । बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै सानदार रुपमा सम्पन्न भएको जानकारी मोर्चाका सचिव उमेश सीले दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।