३ आश्विन २०८१, बिहीबार

अखिल (समाजवादी) विश्वविद्यालय सिटिइभिटीद्वारा शिक्षालय सुधार तथा संगठन विस्तार अभियान सुरु

0

काठमाडौं: अखिल (समाजवादी) विश्वविद्यालय CTEVT प्रदेशले जेठ ११ गते शुक्रबार कान्तिपुर कलेज अफ मेडिकल साइन्स काठमाडौंमा शिक्षालय सुधार तथा संगठन विस्तार अभियान : २०८१ उद्घाटन गरेको छ ।

कान्तिपुर कलेज अफ मेडिकल साइन्स काठमाडौंमा एक कार्यक्रमकाे आयाेजना गरी उक्त अभियान उद्घाटन गरिएको थियो ।  प्रदेश इन्चार्ज तथा अखिल (समाजवादी) का केन्द्रीय महासचिव प्रकाश सी, सहइन्चार्ज तारा सी, केन्द्रीय सचिवालय सदस्य तथा CTEVT समिति  इन्चार्ज रमेश सी विक्रान्त, विश्वविद्यालय इन्चार्ज अशोक सी, CTEVT संयोजक प्रजित सी लगायत विश्वविद्यालय CTEVT प्रदेश समितिका विद्यार्थी नेता कान्तिपुर कलेज अफ मेडिकल साइन्सका विद्यार्थीहरुले कान्तिपुर कलेज अफ मेडिकल साइन्स काठमाडौंमा सरसफाइ कार्यक्रम समेत गरेका थिए ।

अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीको प्रमुख आतिथ्यतामा कान्तिपुर कलेज अफ मेडिकल साइन्सको हलमा औपचारिक कार्यक्रम सुरु गरेर ‘विश्वविद्यालय CTEVT प्रदेशको आयोजनामा शिक्षालय सुधार तथा संगठन विस्तार अभियान २०८१ मैनबत्ति बालेर भव्य रुपमा उद्घाटन गरिएको  हो  ।

कार्यक्रममा अतिथिहरु केन्द्रीय महासचिव तथा प्रदेश इन्चार्ज प्रकाश सी, केन्द्रीय सचिव प्रतिमा सी, कपिल सी लगायत विद्यार्थी नेताहरू थिए ।

प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नरेन्द्र सीले अखिल (समाजवादी) ले राष्ट्रिय स्वाधीनता र विद्यार्थीका हकहित, जनताको जनजिविकाको मुद्दा निरन्तर उठाउदै आएको बताए  । उनलेे भने,’शैक्षिक माफियालाई जनकारबाही गर्दै आएको छ, अबको दलाल संसदीय व्यवस्थाको विकल्पमा र वर्तमान शिक्षा प्रणालीको विकल्पमा नेपाली विशेषताको समाजवादी व्यवस्था र समाजवादी शिक्षा प्रणाली लागु गर्न, शैक्षिक माफिया, राष्ट्रघाती, जनघातीका विरुद्ध संघर्ष गर्न विद्यार्थीको साथमा संगठन निरन्तर अरु विद्यार्थी संगठनभन्दा फरक तवरबाट अगाडि बढ्छ ।’

मन्तव्यको क्रममा केन्द्रीय महासचिव तथा प्रदेश इन्चार्ज प्रकाश सीले संगठन अब शिक्षालय भित्रका तमाम किसिमका समस्याहरु, विश्वविद्यालय  CTEVT भित्र विद्यार्थीसंग लिने चर्को शुल्क, नियमित पठनपाठन विषयमा अखिल (समाजवादी) र सम्पुर्ण विद्यार्थी एक भएर चर्को आवाज उठाउनु पर्ने र संघर्ष गर्ने बताए  ।

शिक्षालय सुधार तथा संगठन विस्तार अभियान : २०८१ उद्घाटन कार्यक्रमको सञ्चालन CTEVT समिति  इन्चार्ज रमेश सी विक्रान्तले गरेका थिए भने कार्यक्रमको अध्यक्षता केन्द्रीय सचिवालय सदस्य तथा विश्वविद्यालय CTEVT प्रदेश सह-इन्चार्ज तारा सीले गरेकी थिइन् ।

अखिल (समाजवादी) २३ औँ राष्ट्रिय सम्मेलनपछि केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकले आगामी ४ महिने कार्ययोजना अनुसार शिक्षालय सुधार तथा संगठन विस्तार अभियान:२०८१ देशैभरी जेठ ११ गते उद्घाटन गर्ने निर्णय  गरेको थियोे । 

केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकले देशैभरी ७ वटा प्रदेश, विश्वविद्यालय CTEVT प्रदेश समितिसहित ८ वटा प्रदेशको अवधारणा ल्याएको थियोे । त्यसै अनुरुप विद्यार्थी नेताहरूलाई विभिन्न कार्य विभाजन गरेको थियो जस अन्तर्गत CTEVT समिति इन्चार्ज केन्द्रीय सचिवालय सदस्य रमेश सी विक्रान्त र संयोजक प्रजित सीलाई नयाँ जिम्मेवारी दिएको छ ।

यसैबीच शिक्षालय सुधार तथा संगठन विस्तार अभियान आगामी ४ महिनासम्म निरन्तर अगाडि बढाउने र रचनात्मक कामसहित नयाँ ३०० सदस्य वितरण गर्ने गरि संगठन विस्तार अभियानको क्रममा कान्तिपुर कलेज अफ मेडिकल साइन्स काठमाडौंमा  अशोक जेठारा इन्चार्ज रहने गरि प्रिन्स बिष्टको अध्यक्षतामा ३७ सदस्यीय मुल इकाई कमिटी गठन भएको छ । विद्यार्थीलाई आत्मनिर्भर बनाउनको लागि विभिन्न तालिम र गोष्ठीको आयोजना गर्ने संगठनले २०८१ साल असार १ गते जनश्रम उत्पादन सहकारीका लागि लगानी सम्मेलन गर्ने CTEVT समिति इन्चार्ज रमेश सी विक्रान्तले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।