३१ भाद्र २०८१, सोमबार

मजदुर सङ्गठनको आठौं राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा, महासचिव विप्लवले उद्घाटन गर्ने

0

नेपाल कम्युनिष्ट पार्टीको मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको आठौं सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यही जेष्ठ १५ गते चितवनमा हुने सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लवले गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार चितवनमा सम्मेलनको तयारीकोबारे चितवन जिल्ला पार्टी सेक्रेटरी रुद्र सीसहित जिम्मेवार नेताहरु एवम् मजदुर सङ्गठनका नेताहरुबीच समेत छलफल गरिएको थियो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले आठौँ सम्मेलनले समाजवादको बहस श्रमिक समुदायसम्म पुर्याउने विश्वास गर्दै श्रमिकका समस्याहरु हल गर्नको लागि आठौ सम्मेलन विशेष बन्ने अपेक्षा गरेको बताइन् ।

यस्तै मजदुर सङ्गठनका केन्द्रीय संयोजक श्याम सीले सम्मेलनको तयारी पूरा भएको बताउदै सम्मेलनले मजदुर र श्रमिक वर्गका मुद्दाहरुलाई गम्भीर बहस गर्ने बताए । उनले पार्टीले अगाडि बढाएको नेपाली विशेषताको समाजवादमा श्रमिकको भूमिका पूरा गर्न सम्मेलन महत्वपुर्ण रहेको बताए ।
शुक्रबार बसेको बैठकले आजसम्मको तयारीको समीक्षा गर्दै विभिन्न जिल्लाहरुको भेला, सम्मेलनको लागी प्रतिनिधि, पर्यवेक्षक, स्वयमसेवक तथा व्यवस्थापन, सम्मेलनको लागी स्वयम् सेवक तथा व्यवस्थापनबारे समेत छलफल गरेको थियो ।

यस्तै सम्मेलनका बाँकी कामहरुलाई ठोस र मुर्त बनाइएको छ । जेष्ठ १५ गते उद्घाटन हुने सम्मेलनले प्रचारप्रसारलाई तीब्र बनाउनुका साथै वालिङ, पोष्टरिङ र स्वागत ब्यानरहरु राख्दैछ भने जेठ १३ गते साझ बाईक र्याली आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।