३ आश्विन २०८१, बिहीबार

नेकपा स्याङजाद्वारा विपिसिको मूल्य बृद्धि फिर्ता माग गर्दै प्रदर्शन

0

स्याङजा: नेपाल कम्युनिष्ट पार्टी स्याङजाले बुटवल पावर कम्पनी (वि. पी. सी.) को मुल्य बृद्धि फिर्ता गर्न माग गर्दै स्याङजाको वालिङमा विरोध प्रदर्शन गरेको छ ।
पछिल्लो समय स्याङजास्थित बुटवल पावर कम्पनीले अत्याधिक मुल्यबृद्दी गरेको भन्दै जनताहरुले विरोध गर्दै आएका छन् । बुटवल पावर कम्पनीका स्याङजास्थित ग्राहकहरुलाई सहुलियत दरमा बिजुली दिने विगतको सहमति विपरित कम्पनीले आफ्नो मुल्य बढाएपछि स्याङजाका आम जनता आक्रोशित बनेका हुन् । यसै सन्दर्भलाई जोड्दै स्याङजा जिल्लाले आज प्रदेशको सङ्घर्ष कार्यक्रम अन्तर्गत वालिङमा उक्त प्रदर्शन गरेको हो ।
प्रदर्शनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधि समिति सदस्य ध्रुव सी र ईश्वर सीले सम्बोधन गरेका थिए । विरोध कार्यक्रममा सहकारीका ठगीहरुलाई राज्यले कारबाही गर्नुपर्ने, लघुवित्तको ज्यादती अन्त्य गर्नुपर्ने बैंकको बढेको ब्याजदर फिर्ता गर्नुपर्ने र विपिसीले बढाएको मूल्य फिर्ता गर्नुपर्ने लगायतका बिषयहरु उठाउदै विरोध कार्यक्रम गरिएको थियो ।
नेकपा केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज पुर्णजित सी, जिल्ला सेक्रेटरी दुर्गा सीको उपस्थिति रहेको कार्यक्रमको सन्चालन शिव सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।