२ कार्तिक २०८१, शुक्रबार

नेकपा तनहुँले गर्यो एमसीसी विरुद्ध प्रदर्शन

0

तनहुँ: नेपाल कम्युनिष्ट पार्टी तनहुँ जिल्ला कमिटिले राष्ट्रघाती एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । नारा जुलुससहित दमौली बजारको अनसन चोकमा बृहत प्रदर्शन गर्दै विरोधसभा गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण सीले एमसीसीलाई इमान्दारपूर्वक नफर्किए लखेटिने बताउदै देशलाई अमेरिकाको कृडास्थल बनाउन नेकपाले नदिने बताए । उनले नेकपाले mcc विरुद्ध सुरुदेखि नै विरोध गर्दै आएको भन्दै पछिल्लो समय जनताहरुको स्तरबाट पनि एमसीसीलाई खारेज गर्ने काम भैरहेको बताए ।
कार्यक्रममा अतिथिको रुपमा नेकपाका केद्रीय सदस्य एव तनहुँ जिल्ला इन्चार्ज निशान सी लगायतका नेताहरुको उपस्थिति थियो ।
यस्तै तनहुँ जिल्ला पार्टीको आयोजनामा पार्टी सदस्यहरुलाई प्रशिक्षण समेत सम्पन्न भएको छ । पार्टी सदस्यलाई प्रशिक्षित गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं कार्यालय सचिव विकिरण सीले पार्टीले लिएको नीतिबमोजिम सबै पार्टी सदस्य जनतामा फर्किनुपर्ने बताए । उनले नेपाली विशेषताको समाजवाद ल्याउन त्यसको महत्व सबै जनतालाई बुझाउन पार्टी सदस्य सक्षम हुनुपर्ने बताएका थिए । यस्तै पार्टीका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज निशान सीले पार्टी सङ्गठन निर्माणको लागी पार्टी सदस्यहरु आफ्नो आफ्नो भूमिकामा लाग्नुपर्ने बताए । उनले नेकपाले यो देशको नेतृत्व गर्न चाहेको बताउदै नेकपाकै नेतृत्वमा देशमा समाजवाद स्थापित गराउने समेत बताए ।
कार्यक्रमको अध्यक्षता विलास सीले गरेका थिए भने सञ्चालन एटम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।