१२ श्रावण २०८१, शनिबार

सी जाति मान्यताको संकलित हस्ताक्षर मुख्यमन्त्री कँडेललाई बुझाउँदा किन गरे चर्काचर्की ?

0

सुर्खेत । युुवा संगठन नेपालले संकलन गरेको सी जाति मान्यताको हस्ताक्षर कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई बुझाउन गएको युवाहरुको टिमसँग मुख्यमन्त्री कँडेलले चर्काचर्की गरेका छन् ।
मुख्यमन्त्री कँडेलले रुखो शैलीमा संकलित हस्ताक्षर आफूले खुल्ला गरेर समाउन नसक्ने भन्दै चर्काचर्की गरेका हुन् ।
युवा संगठन नेपालका कर्णालीका नेता मिनेश सीले हस्ताक्षर संकलन गरिएको कपडा खुल्ला गरेर मुख्यमन्त्री कँडेललाई जेठ २२ गते बुझाउन खोजेका थिए ।
तर मुख्यमन्त्री कँडेलले खुल्ला गरिएको हस्ताक्षर संकलित कपडा कुनैपनि हालतमा नसमाउने र डल्लो पारिएको बुझ्न तयार भएको बताए । युवाहरुले कपडा खुल्ला गरेर दिन चाहने र मुख्यमन्त्रीले खुल्ला गरेको कपडा बुझ्न नचाहने कुराले चर्काचर्की भएको हो ।
युवा संगठन नेपालका नेता मिनेशले पटकपटक यो समाउनु होस् अनि बुझ्नुहोला भनेर आग्रह गरेका छन् । त्यतिबेला मुख्यमन्त्री कँडेलले रिसले चुर हुँदै आक्रोसी हुँदै भिडियोमा भनेका छन् ‘म समाउन्न ! बुझाउनु होस् क्या ! समाउन्न !’
युवा संगठनका नेता मिनेशले फेरी पनि यो एकैछिन समाउनु न सर भनेर आग्रह गरे तर पनि मुख्यमन्त्री कँडेलले हस्ताक्षर संकलन गरिएको सेतो कपडा खुल्ला गरेर कुनैपनि हालतमा लिन चाहेनन् ।
उनले बरु उल्टै भने ‘बुझाउनु न धेरै बहस नगर्नु ! मलाई हातपात नगर्नु ! बुझाउन न मलाई ! बझाउनु !’
आखिर मुख्यमन्त्री कँडेलले यस्तो व्यवहार किन गरे होलान् सर्वत्र चासोको विषय बनेको छ । हस्ताक्षर गरिएको कपडा खुल्ला गरेर बुझ्दा मुख्यमन्त्री कँडेलको के नै घाटा हुने थियो होला ?
मुख्यमन्त्री कँडेल पनि कम्युनिष्ट पृष्ठभूमिबाट आएका एमालेसँग सम्बन्धीत नेता हुन् । सी जाति भनेको साम्यवादी जाति बनाउने उद्देश्यले नेकपाले नवौं महाधिवेशनबाट सी जाति अगाडि सारेको थियो ।
सोही जातिलाई कानूनी मान्यताका लागि जेष्ठ १५ गतेदेखि १८ गतेसम्म युवा संगठन नेपालले देशैभरी हस्ताक्षर अभियान संचालन गरेको थियो । सोही अभियानबाट कर्णालीमा संकलित हस्ताक्षर बुझाउन युवाहरु मुख्यमन्त्री कार्यालयमा गएका हुन ।
त्यहाँ जाँदा मुख्यमन्त्री कंडेलले किन युवाहरुसंग अपमान गरे ? अनि किन हेपेर बोले होलान ? त्यो भने एकीन बुझन सकिएको छैन । एउटा कम्युनिष्ट नेता तथा सरकार प्रमुखले यस्तो व्यवहार नगरेको भए राम्रो हुने युवासंगठनले बताएको छ । युवा संगठन नेपालले आफ्नो संगठनलाई मुख्यमन्त्रीले महत्व दिन नचाहेको र हेपाह प्रवृति भएको आरोप लगाएको छ ।
मुख्यमन्त्रीको प्रेसर बढेकाले पनि चर्काचर्की भएको हुन सक्ने एकथरीको अनुमान छ । फरक राजनीतिक पार्टीका युवाहरुलाई महत्व दिन नचाहेको र सी जातिप्रति पनि सहमति जनाउन नचाहेकोले मुख्यमन्त्रीको यस्तो व्यवहार प्रर्दशन भएको अर्कोथरीको अनुमान छ । आखिर जे भएपनि मुख्यमन्त्रीको व्यवहार शाेभनीय नभएको बुझाई आममा छ ।
सरकारको प्रमुख भएर सबै कुरा सुन्ने ठाउँमा भएको व्यक्तिले त्यस्तो व्यवहार गर्नु राम्रो पक्ष नभएको विश्लेषकहरुले बताएका छन । उता मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले मुख्यमन्त्री कँडेलको स्वभावगत त्रुटी भएको बताएका छन् ।

 

यो भिडियो हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।