३ आश्विन २०८१, बिहीबार

नेकपा स्याङजाको बैठक सम्पन्न, विभिन्न पालिकामा जिम्मेवारी तोकियो 

0

स्याङजा/ नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्लाको प्रथम बैठक शनिबार वालिङमा सम्पन्न भएको छ । 

 बैठकमा उपस्थित नेकपाका स्थायी समिति सदस्य एव गण्डकी प्रदेश इन्चार्ज शिलु सीले पार्टी जनतासँग जोडिन जनताका मुद्दा उठाउनुपर्ने बताउदै आम जनताले नेकपाप्रति आशा र भरोसा गरेको बताउदै यो जिम्मेवारी पूरा गर्ने भन्नेबारे गम्भीर बन्न जरुरी रहेको बताइन् ।  यस्तै कार्यक्रममा जिल्ला इन्चार्ज उभार सीले पार्टीले विगतदेखि उठाउदै आएको मुद्दालाई अझ सशक्त बनाउन जरुरी रहेको बताइन् ।  पार्टीले लिएको उत्पादन कार्यक्रमलाई जिल्लासम्म अनिवार्य रुपमा लागू गर्नुपर्ने उनको जोड थियो ।
बैठकमा गोर्खा जिल्ला सेक्रेटरी काजी सीले पार्टीका कार्यक्रमहरु कार्यान्वयन गर्न गम्भीर भएर लाग्नुपर्ने र समाजवादको बहस अगाडि बढाउनुपर्ने बताएका थिए । 

स्याङजा जिल्ला सेक्रेटरी दुर्गा सीले पार्टीले दिएका कार्यक्रमलाई कार्यान्वयन गर्ने बताउदै स्याङजा जिल्लामा कम्युनिष्ट आन्दोलनको प्रभाव स्थापित गर्न सङ्गठन विस्तार र सुदृढ गर्ने बताए । 

बैठकले पार्टी केन्द्रको कार्यक्रम अनुरुप सहकारीका पीडितहरुका समस्या,  लघुवित्तसम्बन्धी समस्या ,  मिटरव्याजी लगायत जनतासँग जोडिएका समस्याहरुलाई उठान गर्ने निर्णय पनि बैठकले गरेको छ ।   पार्टी संगठनलाई पालिकादेखि वडास्तरसम्म विस्तार गर्ने,  विभिन्न्न जनवर्गीय सङगठन विस्तार गर्ने,  नेपाली विशेषताको समाजवादबारे पालिकास्तरसम्म अन्तरक्रिया आयोजना गर्ने, स्याङजा जिल्लाले आफ्नो अनुकुलतामा उत्पादन सुरु गर्ने समेत निर्णय गरेको छ । 

यस्तैगरी स्याङजा जिल्लाले विभिन्न पालिकामा जिम्मेवारी समेत तोकेको छ । स्याङजा जिल्ला सेक्रेटरी दुर्गा सीलाई वालिङ,  गल्याङ र कालिगण्डकीको इन्चार्ज तोकेको छ भने वालिङमा सेक्रेटरी रबिन सी,  गल्याङमा शिव सी,  कालिगण्डकीमा सुदिप सी रहनेछन् भने आधिखोला र फेदीखोला गाउँपालिकाको शिव सीले इन्चार्जसीप गर्नेछन् । यस्तै चापकोट र भीरकोटमा धुब्र सी इन्चार्ज रहनेछन् भने सेक्रेटरीमा भीरकोटमा मनोज सी र चापकोटमा कमल सी रहनेछन्,  पुतलिबजारमा श्याम सी रहनेछन् भने हरिनाश र अर्जुनचौपारीमा ईश्वरी सी इन्चार्ज रहने निर्णय बैठकले गरेको छ । यस्तै अन्य पालिकाहरु कार्यालयले हेर्ने बताइएको छ । 

बैठकले एमसीसी विरुद्ध, समाजवादी मोर्चाको औचित्य र नेपाली विशेषताको समाजवादबारे बहस र अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।