९ माघ २०८१, बुधबार

नेकपा कैलालीको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टी कैलालीको पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । कैलालीको साढेपानीमा जेठ ३ र ४ गते दुई दिन बसेको बैठक विभिन्न महन्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको प्रमुख आतिथ्यता तथा कैलाली जिल्ला सचिव सरोज सीको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।
बैठकले सामाजिक संघर्ष उठान गर्ने, चिसापानी जालपादेवि केबलकारमा स्थानिय शेयरलाई प्राथमिकतामा राख्नका लागि संघर्ष गर्ने, लागुओैषध कुलतबाट युवाहरुलाई मुक्त गर्नका लागि जनचेतना अभिमुखिकरण अभियान सञ्चालन गर्ने, छाडा पशुले किसानलाई हैरानी पारेको अवस्थामा यसको रोकावटका लागि स्थानिय तहसँग सहकार्य गर्ने, मलखाद बिउबजन समयमै किसानलाई उपलब्ध गराउन सम्बन्धित पक्षसंग पहल गर्ने, प्रत्येक पालिकाले कम्तिमा पनि १ बिगाह जमिनमा कृषि उत्पालन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले जानकारी गराए ।

बैठकमा पाेलिट ब्युरो सदस्य विकल्प सी, केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव समर सी र अन्य केन्द्रिय सदस्यहरुको सहभागिता रहेको उनले जानकारी गराए । बैठकका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले निर्णयहरुको कार्यान्वयनमा सबै पार्टीपङ्क्ति एकजुट भएर लाग्न निर्देशन दिए ।

निर्णय महत्वपूर्ण छन्, निर्णय गरेर मात्र नहुने भएकाले कार्यान्वयनमा जोड दिन जरुरी छ उनले भने । उनले पार्टीलाई वास्तविक जनताको पार्टी बनाउने गरी जताका बिचमा रहेर जनताका समस्यासंग एक भएर नेता कार्यकर्ताहरु अगाडि बढ्न निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।