२ कार्तिक २०८१, शुक्रबार

नेकपा मध्यपुरले नगर कार्यलय उद्घाटनसँगै गर्यो ९ सदस्यीय नगर समिति गठन

0

नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्ला मध्यपुर नगर समितिले कार्यलय उद्घाटनसँगै ९ सदस्यीय नगर कमिटी गठन गरेको छ।
शनिबार भक्तपुरको मध्यपुर नगरमा सम्पन्न बैठकले रन्जित सी इन्चार्ज र बिष्णु सी सेक्रेटरी रहने गरी ९ सदस्यीय नगर समिति गठन गरेको हो ।
बैठकमा पार्टी केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज विवेक सीको प्रमुख आतिथ्यता रहेको थियो । साथै बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य उज्ज्वल सी, आर्यन सी, नरबहादुर सी, भक्तपुर जिल्ला सेक्रेटरी अपार सीको विशेष उपस्थिति रहेको नेकपा भक्तपुरले जनाएको छ ।
रन्जित सीको अध्यक्षता तथा बिष्णु सीको सन्चालनमा सुरु भएको उक्त बैठकलाई भक्तपुर जिल्ला इन्चार्ज तथा प्रमुख अतिथि विवेक सीले सम्बोधन गर्दै पार्टी केन्द्रले तय गरेका योजनाहरुलाई गम्भीरतापूर्वक व्यवहारमा लागू गर्न निर्देशन दिएका थिए ।
नगर कार्यलयको उद्घाटनसङ्गै सुरु भएको बैठकले दीर्घकालीन महत्वको निर्णय गर्दै बैठक सम्पन्न भएको भक्तपुर जिल्ला सेक्रेटरी अपार सीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।