३ आश्विन २०८१, बिहीबार

वर्तमान संकटबाट मुक्त गर्ने हतियार नेपाली विशेषताको समाजवादी व्यवस्था हो : प्रकाण्ड

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवम् बागमती प्रदेश प्रदेश इन्चार्ज प्रकाण्ड सीले जनक्रान्ति र नेपाली जनताको समाजवाद बाहिरको कम्युनिस्ट एकताको अर्थ नहुने बताएका छन् । नेकपा भक्तपुरको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले ध्रुविकरणले पार्टीलाई विस्तार गर्न र जनतामा सकारात्मक प्रभाव पार्ने सहयोग पुग्ने बताउदै भक्तपुर जिल्ला पार्टीले गुणस्तर र सक्रियता बढाउनु पर्ने बताए । उनले देशको विद्यमान संकटको क्रान्तिकारी निकासका लागि भक्तपुर जिल्लाको महत्वपूर्ण भूमिका हुनेसमेत बताए ।

यसैगरी प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीपति वर्ग र संसदीय व्यवस्थाले क्रान्तिकारी पार्टी र जनाधार भत्काउने हतियारको रुपमा चुनावलाई प्रयोग गर्दै आएकाले त्यसलाई निस्तेज पार्न पार्टीले २०८४ को चुनावी मोर्चाको सामना गर्ने नीति अगाडि सारेको बताए । उनले देश र जनतालाई वर्तमान संकटबाट मुक्त गर्ने हतियार नेपाली विशेषताको समाजवादी व्यवस्था र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व मात्र भएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवादले आफ्नो अन्तर्राष्ट्रिय स्वार्थ र नेपाली जनक्रान्तिका विरुद्ध फाँसीवाद चलाउन नेपाललाई आफ्नो प्रभुत्वमा राख्न खोजेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनता हुँदासम्म अमेरिकी रणनीति नेपालमा सफल नहुने बताउदै देशलाई वर्तमान संकटबाट मुक्त गर्न भक्तपुर जिल्ला पार्टीलाई दिलोज्यानले काम गर्न निर्देशन समेत दिए ।
नेपाल कम्युनिस्ट पार्टी भक्तपुरका इन्चार्ज विवेक सीको आतिथ्यता रहेको उक्त बैठकको अध्यक्षता सेक्रेटरी अपार सीले गरेका थिए । बैठक उत्साहबर्द्धक रूपमा जिम्मेवारी बोध र जिल्लाको योजना निर्माण गर्दै सम्पन्न भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।