३१ भाद्र २०८१, सोमबार

नेकपा कास्कीद्वारा जनभेटघाट तथा सङ्गठन निर्माण अभियान सुरु

0

कास्की/ नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला समितिले पार्टीको जनभेटघाट तथा सङ्गठन निर्माण अभियान २०८१ सुरु गरेको छ ।
सहिद रामवृक्ष यादव को ३० औँ स्मृति दिवस मनाउदै अभियान उद्दघाटन गरेको हो । प्रमुख अतिथि नेकपाका पोलिट्ब्युरो सदस्य एवं कास्की जिल्ला इन्चार्ज आस्था सीले जिल्ला सेक्रेटरीलाई पार्टीको झण्डा हस्तान्तरण गरि अभियान उद्दघाटन गरिएको हो । कास्कीमा भएको कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य एवं कास्की जिल्ला इन्चार्ज आस्था सीले सहिद रामवृक्ष यादवको योगदानको चर्चा गर्दै सहिद र सहिद परिवारप्रति राज्यले उपेक्षा गरेको टिप्पणी गरिन् । उनले पार्टीको जनभेटघाट तथा सङ्गठन निर्माण अभियानले पार्टीलाई जनतासग साक्षात्कार गराउदै सङ्गठन निर्माण र सुदृढीकरण गर्ने बताइन् ।

नेकपा गण्डकी प्रदेशले पार्टी भेटघाट तथा सङ्गठन विस्तार अभियान सुरु गर्ने निर्णय गरेबमोजिम कास्कीसहित अन्य विभिन्न जिल्लाले अभियानको उद्दघाटन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।