२ कार्तिक २०८१, शुक्रबार

बेपता योद्धा होइन माओवादी नेता र सिद्धान्त बेपत्ता भयो : सुन्दरमणी दिक्षित

0

काठमाडौँ । नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले अहिले बेपत्ता योद्धा बेपत्ता नभएर माओवादीका नेता र सिद्धान्त बेपत्ता भएको टिप्पणी गरेका छन् ।
काठमाडौको प्रज्ञा भवनमा बेपत्ता परिवार समाज र विपिन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘बेपत्ता नागरिक सार्वजनिककरण र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै नागरिक समाजका अगुवा दिक्षितले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने ‘आज माओवादीका नेता र उनको सिद्धान्त बेपत्ता भएको छ, जनयुद्धको सिद्धान्त बेपत्ता भएको हो, सरकारमा गएका माओवादीका नेता र सिद्धान्त बेपत्ता भएका हुन् ।’
नागरिक समाजका अगुवा दिक्षितले प्रधानमन्त्री प्रचण्ड भएका बेला किन बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न नसेको हो ? भनि प्रश्न गरे ।
उनले भने ‘बेपत्ता योद्धाहरु जनताको हृदयमा वसेका छन् ,उनीहरु हराएका छैनन्, बरु माओवादी नेताहरुले धोका दिए,सिद्धान्त बेपत्ता पारे, राष्ट्रघात गरे, जनयुद्धको बेपत्ता प्रचण्डलाई खोज्नु पर्यो, १ करोड दिन्छौ भनेर लेख्नु पर्यो ।’
नागरिक समाजका अगुवा दिक्षितले माओवादी नेताहरुको गल्तीले बेपत्ता योद्धा,सहिद परिवार तथा घाईतेहरुको सम्मान हुन नसकेको दाबी गरे ।
उनले विप्लवलाई केही आसावादी नेताको रुपमा बुझेको भएपनि समाजवादी मोर्चामा गएर आसंका जन्माएको टिप्पणी गरे । उनले बेपत्ता योद्धाको बारे गरिने कार्यक्रमहरु कर्मकाण्डी नगर्न पनि आग्रह गरे । उनले जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न माग गरे । उनले भने ‘अव विद्रोह गर्नु पर्छ, हिक्मत गर्नु पर्छ, पद र पैसामा डुब्ने होईन ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।