२ कार्तिक २०८१, शुक्रबार

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशको अभियान जारी, सङ्गठन तथा संघर्ष समिति निर्माण

0

कलैया: अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशले सङ्गठन निर्माण र विस्तार अभियान अगाडि बढाएको छ । विद्यार्थीलाई कलेजदेखि होस्टेलसम्म पुगेर भेट्ने अभियान सुरु गरेको अखिल (समाजवादिले) आज बाराको कलैया स्थित प्रसौनी प्राविधिक शिक्षालयमा सङ्गठन निर्माण गरेको छ ।

अखिल (समाजवादी) का केन्द्रीय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी, सह-इन्चार्ज लोकेश सी, नेकपा पर्सा र बारा जिल्ला सेक्रेटरी फिरोज सी र दिल सी लगायत  कार्यक्रममा सहभागी थिए ।

आज प्रसौनी प्राविधिक शिक्षालयका विद्यार्थीहरूसँग छलफल गर्दै लखन चौहानको संयोजकत्वमा ९ सदस्यीय क्याम्पस समिति निर्माण गरेको छ ।

इलेक्टि्रकल इन्जिनियरिङ अध्ययन हुने उक्त क्याम्पसमा विभिन्न समस्याहरु देखा परेको भन्दै उक्त समस्या हल गर्नको निमित्त आज नै संघर्ष समिति पनि निर्माण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।