२ कार्तिक २०८१, शुक्रबार

राष्ट्रपतीमाथि गाेली प्रहार

0

चुनावीसभामा सम्बाेधन गरिरहेकाे बेला अमेरिकाकाे पूर्वराष्ट्रपति तथा राष्ट्रपतिकाे प्रत्यासी डाेलाल्ड ट्रम्पमाथि गाेली प्रहार भएकाे छ । बिबिसी अनलाइन संस्करणले चुनावी जुसुलकाे नेतृत्व गर्दागर्दै पेन्सन्भियामा गाेली प्रहार भएकाे बताएको छ । केही सामाजिक सञ्जालमा ट्रम्पले कानमा हात राखेको, रगत बगिरहेको तस्बिर सार्वजनिक गरेपनि स्वंय ट्रम्पले आफू सकुशल रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी सामाजिक सञ्जालमा गराएका छन् ।
सुरक्षामा तैनाथ अधिकारीले संकास्पद व्यक्तिलाई सुरक्षाकर्मीले मारेको बताएको छ । ट्रम्पकाे हत्या गर्ने सुनियोजित षड्यन्त्र भइरहेकाे तर त्यसलाई असफल पारिएको सुरक्षा निकायकाे दाबि छ । ट्रम्पकाे अनुहारमा रगतको धारा देखिन्छ । उनको कञ्चट ताकेर प्रहार गरिएको भएपनि उनी बाच्न सफल भएका छन् । याे घटनाले अमेरिकी समाज कता गइरहेको छ ? गम्भीर प्रश्न उठेको छ । उक्त घटनाले अमेरिकामा बद्दै गएको राजनीतिक सङ्कट र अस्थिरतालाई अझै बढाउने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।