८ बैशाख २०८१, शनिबार

यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

0

एजेन्सी/न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको ठहर गरेको छ।

दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ।

उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो।

ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।