३१ भाद्र २०८१, सोमबार

अखिल नेपाल शिक्षक संगठन राेल्पाकाे नवाैं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा दामाेदर केसी

0

राेल्पा । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्यूराे सदस्य आदर्श सीले शिक्षकहरूले विद्यार्थी पढाउने मात्र नभई समाजका अन्य नागरिकलाई समेत पढाउनुपर्ने बताएका छन् ।
“शिक्षकहरू मात्र यस्ताे व्यक्ति हुन् जसकाे विद्यार्थीहरूले अभिभावकलाई भन्दा पहिले उसकाे कुरा सुन्दछन्” उनले यस्ताे विचार नेकपा निकट शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमितिको नवाैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथिकाे आशनबाट बाेल्दै यस्ताे विचार राखेका हुन् । एक अर्काे प्रसङ्गमा उनले भने, ‘शिक्षक पृष्ठभुमिबाट आएकाहरू देश चलाउने ठाउँमा पुगेकाे इतिहास हाम्रै अगाडि रहेकाले शिक्षकहरू आफ्नाे ड्युटी पूरा गरे पश्चात् थप जनताहरूलाई समेत प्रशिक्षित र सचेत गर्नुपर्ने हुन्छ ।’
शनिबार भएकाे संगठनकाे नवाैं सम्मेलनले दामाेदर केसीकाे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ । संगठनकाे अन्य पदाधिकारीहरूमा सहअध्यक्ष उदय घर्तीमगर, उपाध्यक्षमा भुप बहादुर केसी र धन बहादुर डाँगी, महिला उपाध्यक्षमा जमानथरी राेकामगर, सचिवमा प्रविन कुमार वली, अर्थ सहसचिवमा तुल बहादुर वि.क., सह-सचिवमा शिव घर्ती र अन्जुली गुरूङ निर्वाचित भएकाे आयाेजकले जानकारी दिएकाे छ ।
जिल्ला समितिका तत्कालिन अध्यक्ष प्रेम केसीकाे अध्यक्षतामा भएकाे सम्मेलनमा संगठनका केन्द्रीय उपाध्यक्ष विरबल वलीकाे विशेष आतिथ्यता रहेकाे थियाे भने संगठनका केन्द्रीय सदस्य रमेश प्रकाश मल्ल, पार्टी केन्द्रीय सदस्यहरू जागृति सी, आक्राेश सी, मणिराज सी पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरू यनान सी, टिकाराम सी, पार्टीका जिल्ला सेक्रटरी सन्दीप सी, युवा संगठन नेपालका केन्द्रीय उपाध्य विश्लेषण सी, जनपत्रकार संगठनका केन्द्री सचिवालय सदस्य हर्क घर्तीमगर, अखिल (समाजवादी) राेल्पा जिल्ला अध्यक्ष चुडामणि केसीलगायतकाे आतिथ्यता रहेकाे थियाे ।
माडि गाउँपालिका-२, घर्तीगाउँ राेल्पामा सम्पन्न सम्मेलनका जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि पर्यवेक्षककाे सहभागिता रहेकाे बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।