२ कार्तिक २०८१, शुक्रबार

थोत्रो नौमती

0

     रमेश सी विक्रान्त

 

क्रान्ति र क्रान्तिकारी विरुद्ध
थोत्रो नौमती बजाउनु मुर्खता हो
सौताबाजी गर्नु भुल हो
त्यसैले कमरेड
त्यसैले कमरेड
बरालिनु हुँदैन विना लक्ष्य
छुट्टिनु हुँदैन अचेतमा
उफ्रनु हुँदैन कम वजनले
कतै पुर्याउदैन रोदनले
यहीँ भन्छ महापतनले
तिमी भागेर गयौं
हामीबाट आकाश खसाल्छु भनेर
थाक्दासम्म
हाम्रा विरुद्धमा
बजाउनु  बजायौ
तिम्रो थोत्रो नौमती
हामी गम्भीर भयौँ
क्रान्ति पक्षधरमा
हामी विश्वस्त दृढ भयौँ
हाम्रो रणनीतिमा
त्यसैले त
तिमीले थोत्रो नौमती
बजाएको वास्ता नगरी
कोदालो बोक्यौँ, धान रोप्यौँ
आत्मनिर्भर बनेर पार्टी चलायौँ
तिम्रो आत्मरति र आत्मरक्षाको बेला
हामी अभिभावक बनेर
नेतृत्व गर्दैछौं नेपाली कम्युनिस्टको
हामी नेतृत्व गर्दैछौं
नेपाली विशेषताको समाजवादको
आउ बरु सचेत भएर
एकीकृत जनक्रान्तिको बाटोमा
अनिश्चय, रक्षा, सम्भावना र रुपान्तरणलाई
आत्मसात गरेर
कमरेड र कमरेडको
थोत्रो नौमतीले
बिचल्ली बनाउँछ ।

५ साउन २०८१


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।