२२ भाद्र २०८१, शनिबार

नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेको चार मोर्चा/संगठनकाे निष्कर्ष

0

काठमाडौँ/ समाजवादी मोर्चा नेपाल सम्बद्ध चार दलित मोर्चा/संगठहरुले काङ्ग्रेस एमाले सम्मेलित नयाँ सत्ता गठबन्धन प्रतिगमनतिर जाने खतरा रहेकोले प्रतिगमन विरुद्ध अघि बढ्न आह्वान गरेका छन् ।
शुक्रबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यी संगठनहरुले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोजे सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल समाजवादी दलित मुक्ति मोर्चा अध्यक्ष शिव बहादुर बर्मा, नेपाल दलित मुक्ति संगठन अध्यक्ष गणेश विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष  दलजीत श्रीपाली र श्रमिक समुदाय मोर्चा नेपाल अध्यक्ष रामलाल सीद्वारा जारी विज्ञप्तिमा दुई ठुला राजनीतिक दल बीचमा – संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने, प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने, संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने (मुलुकमा दुई दलीय राजनीतिक प्रणाली स्थापित गर्ने) आदि सहमति भएको पनि अनौपचारिक रुपमा सार्वजनिक भएको भन्दै यसले देशलाई थप संकट र प्रतिगमनको दिशातिर लैजाने खतरा रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, विज्ञप्तिमा २००७ सालदेखि मुलुकका हरेक परिवर्तन र आन्दोलनमा योगदान पुर्‍याएको दलित समुदायको तर्फबाट विद्यमान सरकारमा एक जना मन्त्री समेत नराखिनु गम्भीर विषय भएको भन्दै चार संगठनहरुले संविधान र राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार भएको समेत बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।