२२ भाद्र २०८१, शनिबार

एमाले, रास्वपालगायत विभिन्न पार्टीका दर्जन बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

0

बुटवल/ पछिल्लो अवस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरुको जनलहर बढिरहेको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दर्जनौ नेताकार्यकर्ता प्रवेश गरेका छन् ।
शनिबार रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुरानो वामपन्थी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गोपाल बन्जाडेको नेतृत्वमा पुरानो माओवादी नेता विजय उपाध्याय, प्रदिप गुरुङ, राम केवल लोध, रत्न बहादुर कुवर, कुल बहादुर कुवरलगायतका एक दर्जन नेताकार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा नेता बसन्त सीले पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमले पैदा भएको निराशाजनक अवस्था सबै राजनीतिक पार्टीभित्र रहेका इमानदार र क्रान्तिकारी नेताकार्यकर्ताहरु एक ठाउँमा ध्रुवीकृत भई राजनीतिक विकृति विसंगतिका विरुद्ध संघर्ष गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकता रहेको बताए । साथै सम्पुर्ण वामपन्थी, प्रगतिशील देशभक्त, समाजवादी शक्ति र सच्चा लोकतान्त्रवादीहरु एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे ।
कार्यक्रममा नेकपा पोलिट ब्यूरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सी, पार्टीका पोलिट ब्युरो सदस्य तथा मधेसी मुक्ति मोर्चा नेपालका सयोजक विनोद सी, पार्टीका केन्द्रीय सदस्य शरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य नवीन सी लगायतले टीका र खादा लगाएर प्रवेश गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।