२ कार्तिक २०८१, शुक्रबार

नेकपाद्वारा तुलसीपुर उत्पादन केन्द्रकाे साँढे सात बिघामा धान राेपाई

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उत्पादन केन्द्रकाे साँढे सात बिघा खेतमा धान राेपाई गरेको छ ।

बिहीबार तुलसीपुर-१६ कन्ज्वारमा धान रोपाइँको औपचारिक उद्घाटन गरेको नेकपा दाङले आइतबारसम्म साँढे सात बिघा खेतमा धान राेपाई सम्पन्न गरेको जनाएको छ ।

जिल्लाभरीको धान रोपाइँको औपचारिक उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज सविन सीले राजनीति भनेको जनताको जीवन बदल्ने कुरा भएको बताएका छन् ।

उनले भने– ‘राजनीति भनेको जनताको जीवन बदल्ने, जनतालाई श्रममा जोड्ने, नेताकार्यकर्तालाई उत्पादन जोड्ने, देशलाई आत्मनिर्भर बनाउने र यथास्थितिलाई भंग गर्ने हो । सत्तामा जाने, जनतालाई वास्ता नगर्ने मन्त्री, सांसद हुने, सरकार फेरबदल गरिरहने र जनताको जनजीवनको वास्ता नगर्ने त्यो चाहिँ राजनीति होइन । हामीले गरिरहेको राजनीति असली राजनीति हो, यसले देश र जनतालाई नयाँ जीवन प्रदान गर्छ ।’

नेता सविनले नेकपाको राजनीति जनतालाई सचेतना प्रदान गर्ने र राष्ट्रलाई आत्मनिर्भर बनाउने भएको समेत बताए ।

कृषि उत्पादनलाई प्रविधिसंग जोड्ने सोचेका छौँ ।’, उनले भने, ‘ अहिले हामीले कृषिलाई श्रम र लगानीसंग मात्रै जोडेका छौं तर अब हामी उत्पादनलाई प्रविधिसंग जोड्छौँ र नाफामा जान्छौं ।’

नेता सविनले यो समय भनेको धान रोप्ने भएकाले यतिबेला सबै राजनीतिक दलहरु उत्पादनमा सहभागी हुनुपर्ने बेलामा सत्ताको जोड घटाउमा लाग्ने, सरकार फेर्ने, मन्त्री हुने कुराको कुनै औचित्य नभएको समेत जिकिर गरे ।

उनले नेपालका अन्य राजनीतिक दलहरुसंग नेपाल कम्युनिस्ट पार्टी उत्पादनमा प्रतिस्पर्धा गर्न तयार रहेको समेत ठोकुवा गरे ।

धान रोपाइँमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सी, पार्टीका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी, पार्टीका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन सी, पार्टीका केन्द्रिय सदस्य एवम् दाङ क्षेत्र नं.१ इन्चार्ज विक्रम सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विकास सी, पार्टीका जिल्ला सचिव तिलक सी लगाएत जनवर्गीय संगठन केन्द्रीय सदस्यहरु, जिल्लाका संयोजकहरु, नेकपा तुलसीपुर अन्तर्गतका सम्पूर्ण नेताकार्यकर्ताहरुको सहभागिता रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङले यो वर्ष जिल्लालाई तीनवटा उत्पादन केन्द्रमा विभाजन गरि करिव १६ बिघा क्षेत्रफलमा धान रोपाइँ गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।