२२ भाद्र २०८१, शनिबार

नेकपा गण्डकीका नेता कार्यकर्ता खेतबारीमा व्यस्त, व्यवसायिक तरकारी खेतीका लागि टनेल निर्माण

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज उमा सी आइतबार बिहानै हातमा कुटो लिएर काक्रा गोड्दै थिइन् । आइतबार दिनभर जस्तै उनले खेतमा घरी तरकारीको लागी ड्याङ्ग बनाइरहेकी थिइन् त घरी खेतका आली र कान्लाहरु खनिरहेकी थिइन् । चर्को घाममा पसिनाले निथ्रुक्कै भिजेकी नेता शिलुले घाममा घुम टोपी लाएरै भएपनि दिनभरी खेतको माटोसँगै खेलिरहेकी थिइन् ।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण सी पनि खुट्टामा पट्टी बाँधेर कोदालोले लिएर यताउता गरिरहेका थिए । शनिबारदेखि नै काक्राहरुलाई आधुनिक धाक्रा (झ्याक्क्रा) लगाउन बास काट्ने गाड्ने र डोरीले धाक्रा बनाउने काममा सक्रिय विकिरण दिनभर सुनकागती, तेजपत्ता, धुपीसल्ला, अशोक, धुपी, शित्तल चिनि, बर्‍ओ, बेल, अमला, रक्तचन्दन, अगररुख लगायत जडिबुटी र फलफूलका बिरुवा जुटाउन दौडधुप गरिरहेका थिए । केही समयमा बागबानी विकास स्रोत केन्द्र र डिभिजन वन कार्यालयमार्फत झण्डै १०० वटा बिरुवा आए । तरकारीको लागि टनेल निर्माणको लागि पनि उनको सक्रियता उत्तिकै थियो ।
त्यस्तै पार्टीकै केन्द्रीय सदस्य उषा सी पनि काक्राका धाक्राहरु लगाउने र जोताएको खेतहरुमा मल फाल्नेदेखि खेत खन्ने काममा लागिरहेकी थिइन् । युवा सङ्गठन नेपाल गण्डकी प्रदेशका इन्चार्ज विवेक विक्रम सीले खेतका आलीहरु तास्दै टनेलका लागी भाटाहरु पुर्याइरहेका थिए । पार्टीका गोखरा जिल्ला सेक्रेटरी काजी सी भाटा चिर्दै टनेललाई सहयोग गरिरहेका थिए भने मनाङका सेक्रेटरी विजय सीले ड्याङ्ग बनाउन बेल्चाले माटो फालिरहेका थिए । अखिल (समाजवादी) का प्रदेश सह- इन्चार्ज डिबी र युवा सङ्गठनका केन्द्रीय सदस्य एव पर्वत इन्चार्ज सन्दीप सी टनेल निर्माणको लागि दिनभरजसो भाटा बाँध्ने र टनेललाई तयार गर्ने काममा व्यस्त देखिन्थे । विद्यार्थी सङ्गठन गोरखाका इन्चार्ज भिषण सी घरी खेतमा घरी टनेलमा सहयोग गरिरहेका थिए ।

त्यस्तै पार्वती सीलगायत अन्य थुप्रै नेता कार्यकर्ताहरु कोही मेसमा त कोही खेतमा थिए । आइतबारको गण्डकी प्रदेश परिसर कार्यालयको रौनक अर्कै देखिथ्यो ।
आइतबार मात्रै होइन असार महिना लागेपछि नै स्थानीय पार्टीका नेता कार्यकर्ताहरु नियमित जस्तै गण्डकी पार्टी कार्यालयको परिसरमा पुग्छन् र केही न केही काममा हात लगाउँछन् ।
कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको झण्डै १५ रोपनी जग्गासहित ९ कोठे घर भाडामा लिएर नेकपा गण्डकी प्रदेशले आवाससहित उत्पादनमा आफ्नो ध्यान केन्द्रीत गरिरहेको देख्न सकिन्छ । ठूलो क्म्पाउन्डसहितको घर, घर वरिपरी आप, कटहर, एभोकाडोले हरियाली देखिन्छ । आगन छेउमै झण्डै साढे दुई रोपनी क्षेत्रमा काक्रा कुनै फूल खेलिरहेका छन् कुनै धाक्रामा लहरिन थालेका छन् । बेली जातका व्यवसायिक रूपमा बजार मूल्य निकै राम्रो भएको काक्रा मानिन्छ ।

काक्राको लागि बनाइएको आधुनिक धाक्राहरुको लहर निकै आकर्षक देखिन्छ । नजिकै ७ रोपनी क्षेत्रमा धान रोपिसकिएको छ । कार्यालयको दाया छेउमा एउटा ठूलो टनेल निर्माण कार्य सकिएको छ भने अर्को आधुनिक हाईटेक टनेल पनि बनाउने योजना छ । टनेल भन्दा तल्लो खेतमा बोडी, भिण्डी, तिहारे फूल, अकबरे खुर्सानी, हरियो धनिया लगायतको लागि खेत जोताएर ड्याङ्ग बनाई सकिएको छ ।

नेकपाको प्रदेश कार्यालयमा बसेर परिसर हेर्दा कुनै व्यवस्थित अर्गानिक कृषि फर्मको नमुनाजस्तै देखिन्छ ।
पार्टीले एउटा खेतमा दुई सय जनासम्म अट्ने क्षमताको सभाहल, ब्याडमिन्टन कोर्ट लगायत खेल मैदान पनि बनाउने तयारी गरिरहेको इन्चार्ज उमा सीले जानकारी दिइन् । बर्षायामको बेला सार्न सकिने दीर्घकालिन महत्वका फलफूल तथा जडिबुटीका बिरुवाहरु पनि लगाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।