३१ भाद्र २०८१, सोमबार

नेकपा डोटीद्वारा ५ सय बेर्ना सुन्तला वृक्षारोपण

0

डोटी/ नेपाल कम्युनिस्ट पार्टी डोटीले ५ सय बेर्ना सुन्तला वृक्षारोपण गरेको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं. ३ को बिठारामा सुन्तला बेर्नाको वृक्षारोपण गरिएको नेकपा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज बिमलले जानकारी दिएका छन् ।

नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत पार्टीका नेताकार्यकर्ता र पार्टीको आत्मनिर्भरताको उदेश्य अनुसार नेकपा डोटीले सुन्तला वृक्षारोपण गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले सुदुरपश्चिमका तराईका जिल्लाहरुमा धानखेती गरिरहेको छ भने पहाडी र मध्य पहाडका जिल्लामा फलफुल, तरकारी खेती, बाख्रापालन लगायतका नगदे बालीको सामुहिक ढङ्गले उत्पादन गरिरहेको छ ।

डोटी जिल्ला सुन्तला उत्पादनका हिसाबले सुदुरपश्चिमकै निकै राम्रो संभावना भएको जिल्ला मानिन्छ भने त्यहाँबाट उत्पादित सुन्तला रसिलो, मीठो हुनुका साथै धनगढी, नेपालगन्ज, काठमाडौँ र भारतका सिमा क्षेत्रमा समेत बिक्री वितरण हुने गरेको स्थानीयहरु बताउँछन्  ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।