२ कार्तिक २०८१, शुक्रबार

नेकपा गण्डकीले लगायो कागती र शित्तलचिनिका बिरुवा

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले कागती र चित्तलचिनिका बिरुवा रोपेको छ । मङ्गलबार नेकपाको प्रदेश कार्यालय पोखराको छिनेडाडामा रहेको कार्यालय परिसरको खेतमा बहुउपयोगी सुनकागती र मोरिङ्ग्या (शित्तलचिनि) लगाएको हो ।
पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सीले बिरुवा रोप्दै बहुउपयोगी जडिबुटिजन्य, फलफूलजन्य र तरकारीहरुबाट पार्टीलाई आत्मनिर्भर बनाउन र श्रम र उत्पादनको संस्कृति निर्माण गर्न महत्वपूर्ण रहेको बताइन् । आज २५ वटा सुनकागती र १० वटा शित्तलचिनि रोपिएको छ, यसको परिणाम बढाउदै जाने पनि बताइएको छ ।

कागती र चित्तलचिनि रोप्न प्रदेश इन्चार्ज उमा सीको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य एव कार्यालय सचिव विकिरण सी, युवा सङ्गठन नेपालका प्रदेश इन्चार्ज विवेक सी, अखिल (समाजवादी) का प्रदेश सह-इन्चार्ज डिबि सी, अखिल (समाजवादी) का गोर्खा अध्यक्ष भिषण सी लगायतको सक्रियतामा रोपिएको थियो ।
पार्टीले पोखरामा कार्यालयसहित झण्डै १३ रोपनी जग्गामा धान खेती, काक्राको व्यवसायिक खेती, सागको व्यवसायिक खेती, हरियो धनिया, तोना बोडी लगायत तरकारीजन्य उत्पादन सुरु गरेको छ । ड्याङग र टनेल निर्माण गरिएको छ भने तिहारको लागि फूलहरु पनि उत्पादन गर्ने तयारी भैरहेको कार्यालय सचिव विकिरणले जानकारी दिए । यस्तै पार्टीले केही समयभित्रै सभाहल र खेलमैदानसमेत निर्माण गर्ने तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।