२२ भाद्र २०८१, शनिबार

युवा संगठन नेपाल केन्द्रीय समितिद्वारा दाङमा १ बिघा जमिनमा धान रोपाइँ सुरु

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल केन्द्रीय समितिले दाङमा १ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको छ ।

संगठनले जिल्लाको तुलसीपुर उपमहानगरपालिका -२ स्थित मचौटमा करिव १ बिघा जमिनमा धान रोपाइँ सुरु गरिएको संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् उत्पादन विभाग प्रमुख जिवनी सीले जानकारी दिएकी छन् ।

धान रोपाइँका बारेमा प्रतिक्रिया दिँदै युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले उत्पादनबिना देश समृद्ध नहुने बताए ।

उनले भने– ‘ अहिले देश पूरै परनिर्भर भएको छ । यहाँ केहिपनि उत्पादन नै भएको छैन त्यसैले हाम्रो पार्टी, संगठनको अहिले एउटा नीति छ, त्यो हो आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको नीति छ । उत्पादनबिना देश समृद्ध हुँदैन ।’

नेता विश्लेषणले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाका कारण मुलुक सबै ढंगले चौपट हुने दिशामा पुगेको समेत बताए ।

मुलुक जताततै संकटपूर्ण अवस्थामा छ, उनले थप भने, ‘ अहिलेको दलाल पुजीवादका कारण मुलुक चौपट भएको छ । यो सत्ताले लाखौंलाख युवाहरूलाई विदेशिन बाध्य पारेर यहाँको श्रमशिल जनशक्तिलाई पलाएन गरिरहेको छ । यो मात्रै होइन दलाल पुजीवादका कारण नेपालको अर्थतन्त्र चौपट हुन पुगेको छ । हामीले यसको विकल्पमा नेपालमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाली विशेषताको समाजवादी राज्यव्यवस्थाको अवधारणा अघि सारेका छौँ ।’

यस्तै धान रोपाइँमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज सविन सीले सिमित दलाली र कमिसनमा टिकेको यो व्यवस्था पूर्णरुपमा असफलसिद्ध भइसकेको बताए ।

नेता सविनले नेपाली जनताको भाग्य र भविष्यको फैसला समाजवादबाट मात्रै हुने भएकाले समाजवाद निर्माणका लागि नेपाली जनता एकताबद्ध हुने बेला आएको समेत बताए ।

धान रोपाइँमा पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी, पार्टीका केन्द्रीय सदस्य सम्झना सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम् दाङ जिल्ला सचिव तिलक सी, युवा संगठन नेपालका केन्द्रीय समिति, जिल्ला समिति एवम् पार्टी निकट अधिकांश जवस/मोर्चाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।