२२ भाद्र २०८१, शनिबार

उत्पादनमा नेकपा गण्डकी : काक्रा गोड्दै ड्याङ्ग बनाउदै

0

 

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश कमिटिले आइतबार काक्रा गोडेको छ । ३ रोपनी क्षेत्रफलमा लगाईएको बेली जातका काक्रा आइतबार नेकपाका स्थायी समिति सदस्य एव प्रदेश इन्चार्ज उमा सीको अगुवाईमा काक्रा गोडिएको हो ।

  काक्रा गोड्नको लागी नेकपाका केन्द्रीय सदस्यद्वय विकिरण सी,  उषा सी, नेकपा कास्की जिल्लाका अखिल नेपाल भुमिहिन सुकुम्बासी सङ्गठन का ७ जना नेता कार्यकर्ताहरु, युवा सङ्गठनका प्रदेश इन्चार्ज विक्रम सी,  युवा सङ्गठनका केन्द्रीय सदस्य एव पर्वत इन्चार्ज सन्दीप सी,  अखिल (समाजवादी) का गोरखा अध्यक्ष भिषण सी लगायतले सक्रियतापुर्वक काक्रो गोड्ने काममा लागेका थिए ।

त्यस्तै आइतबार नेकपाले टनेलमा ड्याङ्ग बनाउने काम पनि सम्पन्न गरेको छ । हरियो धनियाको लागि ड्याङ्ग बनाएको हो । पछिल्लो समय मुल्य आकासिएको बेला हरियो धनियालाई पनि नेकपाले व्यवसायिक रुपमा खेती गर्दैछ ।

यस्तै नेकपाले आइतबार रायो साग पनि छरेको छ । काक्रा लगाएको ड्याङगमा बिच भागमा खाली रहेको क्षेत्रलाई साग छरेर सदुपयोग गर्दै सागको पनि व्यवसायिक खेती सुरु गरेको हो ।

नेकपाले उत्पादनको लागि  झन्डै १३ रोपनी क्षेत्रमा धान खेती,  काक्रा,  फलफूल तथा जडिबुटी लगाइरहेको छ । साेमबार कागती,  तेजपत्ता,  शितलचिनि लगायतका जडिबुटी लगाउँदैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।