३ आश्विन २०८१, बिहीबार

त्रिविमा भएको हस्तक्षेप विरुद्ध ७ विद्यार्थी संगठनद्वारा विरोध प्रदर्शन गर्ने

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी)सहित सात विद्यार्थी संगठनले त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध ७ विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्ने भएका छन् ।
अखिल (समाजवादी) का नरेन्द्र सी अखिल (क्रान्तिकारी) का पञ्जा सिंह, अनेरास्ववियूका आरती लामा, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल समाजवादी विद्यार्थी युनियनका नेत्र चपाईं, अखिल (छैठौं) का देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका मनिष भट्टराईले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयमा भएको हस्तक्षेप र गुण्डागर्दीविरुद्ध भाद्र ७ गते शुक्रवार ११ बजे त्रिवि किर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने उल्लेख गरिएको छ ।

यस विषयमा सात विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा आफनो अनुकुलको विभागिय प्रमुख नतोकिए जे पनि हुन सक्छ भन्ने सत्तारुढ पार्टी निकटको विद्यार्थी संगठनका नेताले दिएको धम्किपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कायालय जान नसकिरहेको र सत्तारुढ पार्टी समर्थित नै अर्को एक जना विद्यार्थी नेताले विश्वविद्यालयले लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकको छातीमा समातेर पछारेका जस्ता अत्यन्त अमानवीय र घृणित घटनाप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यि दुबै घटनाको घोर भर्त्सना एवं निन्दा गर्दछौं ।’
विज्ञप्तिमा थप भनिएको छ,’नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजिनामा दिएको घटना यसको पछिल्लो उदाहरण हो । सत्ता समर्थित पार्टीका भात्‌ संस्थाका सरकार र प्रशासन सरक्षित यस्ता रघाणत कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरुले नै ज्यान जोगाउन कठिन हुने अवस्था सिर्जना हुनु र विर्श्वावद्यालयमा आतंकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको छ । यो कुरालाई केही समय अघि प्राध्यापक पेम चलाउनेको ज्यात लिने गरी आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्नुको सट्टा झन प्रोत्साहन गरिनुले अझ प्रमाणित गर्दछ । संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामी त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र पाध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न विशेष माग गर्दछौं । हामी विश्वविद्यालयको प्राज्ञिक वातावरण विगार्ने, प्राध्यापक, शिक्षक एव कर्मचारीमाथि दुर्व्यवहार गर्ने र विश्वविद्यालयको सुशासनतर्फको यात्रालाई रोक्न गरिने जुनसुकै षडयन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्ने स्पष्ट गर्दछौँ । त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछौँ ।
१) २००१ भाद्र ७ गते शुक्रबार बिहान ११ बजे त्रिवि किर्तिपुरमा संयुक्त विरोध प्रवर्शन ।’

संयुक्त प्रेस विज्ञप्तिकाे पूरा पाठ-

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा आफ्नो अनुकुलको विभागिय प्रमुख नतोकिए जे पनि हुन सक्छ भन्ने सत्तारुढ पार्टी निकटको विद्यार्थी संगठनका नेताले दिएको धम्किपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय जान नसकिरहेको र सत्तारुढ पार्टी समर्थित नै अर्को एक जना विद्यार्थी नेताले विश्वविद्यालयले लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकको छातीमा समातेर पछारेका जस्ता अत्यन्त अमानवीय र घृणित घटनाप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यि दुवै घटनाको घोर भत्र्सना एवं निन्दा गर्दछौं । खासगरी विद्यमान सत्ता गठबन्धन बने यता विभिन्न ढंगबाट  विश्वविद्यालयको गरिमामाथि आँच आउने र यसको विकासमा बाधा पुग्ने अत्यन्त गलत अभ्यास, प्रवृत्ति र क्रियाकलाप दोहोरिनु आपत्तिजनक छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजिनामा दिएको घटना यसको पछिल्लो उदाहरण हो । सत्ता समर्थित पार्टीका भातृ संस्थाका सरकार र प्रशासन संरक्षित यस्ता घृणित कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरुले नै ज्यान जोगाउन कठिन हुने अवस्था सिर्जना हुनु र विश्वविद्यालयमा आतंकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको छ । यो कुरालाई केही समय अघि प्राध्यापक प्रेम चलाउनेको ज्यान लिने गरी आक्रमण गर्ने व्यक्तिहरुलाई कार्वाही गर्नुको सट्टा झन् प्रोत्साहन गरिनुले अझ प्रमाणित गर्दछ ।
संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामी त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सवै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न विशेष माग गर्दछौं । हामी विश्वविद्यालयको प्राज्ञिक वातावरण बिगार्ने, प्राध्यापक, शिक्षक एवं कर्मचारीमाथि दुव्र्यवहार गर्ने र विश्वविद्यालयको सुशासनतर्फको यात्रालाई रोक्न गरिने जुनसुकै षडयन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्ने स्पष्ट गर्दछौँ । त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछौँ ।
१) २०८१ भाद्र ७ गते शुक्रवार विहान ११ बजे त्रिवि किर्तिपुरमा संयुक्त विरोध प्रदर्शन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।