३ आश्विन २०८१, बिहीबार

जनपत्रिकाको भदौ अंक प्रकाशित

0

जनपत्रिका मासिकको २०८१ भदौ अंक प्रकाशित भएको छ । भदौ अंकको मुख्य-पृष्ठको आलेख वा समाचार विश्लेषण साम्राज्यवादको विकासे विभ्रम रहेको छ । जसमा विकास र समृद्धिको नाराभित्र कसरी साम्राज्यवादले हस्तक्षेप विस्तार गर्छ भन्ने बिषय प्रस्तुत गरिएको छ । उक्त विषय बुझाउने आवरण तथा कला विलियम-एडोल्फ व्युरो बुगरो (१८२५-१९०५) रहेको छ । उनी १८ औं शताब्दीका फ्रेन्च कलाकार हुन । भदौ अंकको सम्पादकीयमा अमेरिकी हस्तक्षेप सैन्य हस्तक्षेप बढ्दै शिर्षकको विश्लेषण रहेको छ ।
सन्तोष सीको जाती सम्बन्धि आलेख, ट्रम्प हत्या प्रयासले विश्वमा नयाँ तरङ्ग, प्रकाश शाहीले लेखेको बङ्लादेश विद्रोहले देखाएको बाटो, एकीकृत क्रान्ति र उत्पादन नीति, भारतीय लेखक राम पुनियाको साम्राज्यवाद र इस्लाम: आवेद कुदकुसको इस्लामको संक्षिप्त इतिहास लगायत सामाग्री छन् । त्यस्तै नयाँ दिल्लीकी अधिवक्ता स्वस्ती प्रभुको महिलाले कुटनैतिक क्षेत्रमा कस्तो भूमिका खेलेका छन् भन्ने चर्चित लेख अनुवाद गरेर समावेश गरिएको छ ।
बुढो युरोप जिर्ण अवस्थाको चर्चा पनि रहेको छ ।
बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण समेतले विचार, राजनीति र विश्व घटनाहरु बुझ्न सहज हुनेछ् । भदौ अंक पठनिय हुने हाम्रो अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।