३ आश्विन २०८१, बिहीबार

जिल्ला सदस्य शिव सीको आमा शिवमायाको निधनप्रति नेकपा सिन्धुपाल्चोकद्वारा दु:ख व्यक्त

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जिल्ला समिति सदस्य तथा उत्पादन विभाग संयोजक शिव सीको ममतामयी आमा शिवमाया दनुवारको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका जिल्ला इन्चार्ज युगीन सी र जिल्ला सेक्रेटरी साेनाम सीले शाेक वक्तव्य जारी गरी यहीँ २१ गते ९१ वर्षको उमेरमा भएको असामयिक दुखद निधनप्रति शाेक व्यक्त गर्दै आदरणीय आमा शिवमायाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै यस शोकको घडीमा शोकाकुल परिवारजन, आफन्तजन र जिल्ला सदस्य शिव सी लगायत सम्पूर्णमा पर्न गएको दुःखप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।