३ आश्विन २०८१, बिहीबार

सहिदको स्मृति दिवसमा नेकपा कास्कीले गर्यो रक्तदान कार्यक्रम

0

गण्डकी/ नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्लाले सहिदहरुको स्मृतीमा रक्तदान कार्यक्रम गरेको छ ।
महान सहिद सुरेश वाग्ले बासू र भिमसेन पोख्रेल  बैरागीको २५ औँ स्मृति दिवस पारी उक्त खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
पोखराको मुख्य बजार महेन्द्रपुलमा भएको कार्यक्रममा कास्की जिल्ला इन्चार्ज आस्था सीको प्रमुख आतिथ्यतामा जिल्ला सेक्रेटरी उमेश सीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहिदलाई स्मरण गर्ने सी संस्कृति बमोजिम रचनात्मक र मानवीय कार्य गरेको भन्दै आस्था सीले जिल्ला पार्टीले गरेको उक्त कार्यक्रम प्रशंसा गरेकी थिइन् ।
रक्तदान गर्नुहुने दाताहरु सावित्रा सी, उषा सी, उभार सी लगायत कास्की जिल्लाका जनवर्गिय संगठनका नेता कार्यकर्ता र आम नेपाली नागरिकहरुले पनि रक्तदान गरेका थिए  । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेड्क्रस सोसाइटी कास्की पोखराले गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।