३ आश्विन २०८१, बिहीबार

गण्डकी प्रदेशस्तरीय स्कुलिङ कार्यक्रम आजदेखि सुरु

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशको प्रदेशस्तरीय माध्यमिक तहको स्कुलिङ कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ । ५ दिनसम्म चल्ने उक्त कार्यक्रमले पार्टीको विविध क्षेत्रको स्कुलिङ सन्चालन हुनेछ ।
५ दिन चल्ने स्कुलिङको प्रमुख प्रशिक्षकको पार्टीका स्थायी समिति सदस्य एवं सुदुरपश्चिम प्रदेश इन्चार्ज रणवीर सी, पोलिट ब्युरो सदस्यद्वय भेषराज सी, असल सी, केन्द्रीय सदस्य तिर्थ सी, केद्रीय सदस्य प्रयास सी लगायतले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमको उद्दघाटन सत्रमा बोल्दै प्रमुख प्रशिक्षक रणविर सीले अहिलेको स्कुल नयाँ स्कुल भएको र विकसित परिस्थितिबारे धेरै कुरा विमर्श हुने बताए । निजित्व र सामुहिकतालाई परिपुरक बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिदै उनले दृष्टिकोणको ज्ञान सबैभन्दा प्रयोगात्मक हुने बताए ।
प्रशिक्षणमा राजनैतिक अर्थशास्त्र, समाज विज्ञान, वैज्ञानिक समाजवाद, दर्शन, सौन्दर्य विज्ञान लगायत विषयमा प्रशिक्षण हुनेछ ।
उद्घाटन सत्रको अध्यक्षता समेत गरेकी नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीले नेपाल कम्युनिष्ट पार्टीको नेपाली विशेषताको समाजवाद ल्याउने महत्वपूर्ण कार्यभार पूरा गर्नको लागी गण्डकी प्रदेशका नेता कार्यकर्तालाई माध्यामिक तहको स्कुलिङ निकै महत्वपूर्ण रहेको बताउदै उनले विश्वलाई नयाँ सन्देश दिनको लागी नेकपाले लिएको बाटो र कार्यभार पूरा गर्न एवं आफ्नो दृष्टिकोण निर्माण गर्न र आ-आफ्ना भूमिका पूरा गर्नको लागी स्कुलिङबाट धेरै उपलब्धी हुने विश्वास व्यक्त गरिन् ।
स्कुलिङमा गण्डकी प्रदेशमा कार्यक्षेत्र रहेका पोलिट ब्युरो सदस्य आजाद सी, आस्था सी, विप्लव सी एवं केन्द्रीय सदस्यहरु विकिरण सी, पदम सी, कपिल सी, उभार सी, सुशिला सी, निशान सी, उषा सी, त्यस्तै गण्डकी प्रदेशका विभिन्न जिल्लाका इन्चार्ज र सेक्रेटरीहरु, केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु, युवा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।