३ आश्विन २०८१, बिहीबार

नेकपा काठमाडौं महानगरले गर्यो स्कुललाई खेलकुद सामाग्री हस्तान्तरण

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगर कमिटीले कालिकोटको एक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कालिकोटको सत्यदेवि माध्यामिक विद्यालयलाई महानगर कमिटीले दुईवटा भलिबल, एउटा फुटबल, नेट तथा पम्प सहयोग गरेको हो ।

काठमाडौं महानगर इन्चार्ज डिआर सीले आइतबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्व बहादुर शाहीलाई खेलकुल सामाग्री हस्तान्तरण गरेका हुन् । शाहको अध्यक्षमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी सामाग्री हस्तान्तरण गरिएको डिआर सीले बताए ।

हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका डिआरले अहिलेको शिक्षाले विद्यार्थीको हित नगर्ने भन्दै विद्यार्थीको हितका लागि जनवादी शिक्षा लागु गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयको प्रधानाध्यापक सनम शाही, लगायत सयौं विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।