३ आश्विन २०८१, बिहीबार

युवा संगठन बागमती प्रदेशले समाजवादी युवा मैत्री संगठन सुदृढीकरण एवं अभियान सन्चालन गर्ने

0

काठमाडौँ । युवा संगठन नेपाल बागमती प्रदेशको दोस्रो बैठक काठमाडौँको गोङगबुमा सम्पन्न भएको छ ।

युवा संगठन बागमती प्रदेश इन्चार्ज एवं केन्द्रिय सचिव अनिल सीको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज माइला सीको प्रमुख आतिथ्यता तथा अतिथि युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष दिनेश सीको रहेका थिए ।

बैठकले समाजवादी युवा मैत्री संगठन सुदृढीकरण एवं अभियान सन्चालन गर्ने, पालिकाहरुको भेला सम्मेलन सम्पन्न गर्ने,  एमसीसी विरुद्ध संघर्ष गर्ने , चितवन, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लाहरुमा राजनीतिक अगुवा युवाहरुको प्रशिक्षण सन्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रघाती एमसीसी/एसपीपी सम्झौता, मानवतस्कर, भ्रष्टाचार, महङ्गी, मुल्य वृद्धि, लागु औषध दुव्र्यसन विरुद्ध प्रदर्शन गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।

उक्त बैठकमा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले अहिलेको दलाल संसदिय व्यवस्था असफल भएका कारण राज्यका सम्पूर्ण अङगहरु असफल हुनु स्वभाविक भएको बताए । आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, न्यायीक र सांस्कृतिक कुनैपनि क्षेत्रमा संकट आउनुको मुख्य कारण दलाल पुजीवादी सत्ता भएकाले यसको अन्त्य गरेर आजको नेपाली विशेषताको समाजवाद स्थापना गर्न सबै वामपन्थी, कम्युनिस्टहरु, लोकतान्त्रिक गणतन्त्रवादीहरु, देशभक्त र समाजवादीहरु जुट्नुको विकल्प नभएको बताए ।

त्यसैगरी संगठनका अध्यक्ष दिनेश सीले राष्ट्रघाती एमसीसी/एसपीपी, भ्रष्टाचार र विकृति विरुद्ध आवाज उठाउने र त्यसका विरुद्ध सशक्त भएर लाग्न युवाहरुलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।