३ आश्विन २०८१, बिहीबार

माओवादी केन्द्रका नेता विश्वजित नेकपामा प्रवेश

0

माओवादी केन्द्रका पाेलिट ब्युरो सदस्य विश्वजित विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । साेमबार नेकपाकाे मधेस प्रदेश कार्यालयमा भएको ध्रुवीकरण कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सीले खादा ओढाएर प्रवेश गराएका हुन् ।

क. राजकिशाेर राय ‘विश्वजित’ सेक्रेटरी, इन्चार्ज हुँदै बादल-प्रचण्ड एकता भएपछि पिबिएम भएका थिए । जनयुद्धमा जनमुक्ति सेनाका कमिसारसमेत भएका थिए । माओवादी केन्द्र निकट मधेसी राष्ट्रिय मुक्ति माेर्चाका केन्द्रीय उपाध्यक्षसमेत रहेका रायलाई माओवादी केन्द्रका नेता मातृका यादवले ठूलो दबाब दिएपनि स्वीकार गरेनन् । उनले माओवादी केन्द्रकाे पतनबाट नेपालको क्रान्ति बचाउन र क्रान्ति जारी राख्न ध्रुवीकरणमा आएकाे जनाउँदै जीवनकाे अन्तिमसम्म क्रान्तिमा डटिरहने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।