३ आश्विन २०८१, बिहीबार

वरिष्ठ पत्रकार पाण्डेको स्मृतिमा एक लाख राशीको अक्षकोष

0

काठमाडौँ । जनपत्रकार संगठन नेपालले वरिष्ठ पत्रकार तथा संगठनका सचिावालय सदस्य सुदर्शनराज पाण्डेको स्मृतिमा १ लाख राशीको ‘सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
संगठनले बरिष्ठ पत्रकार पाण्डेको नाममा स्थापना गरिएको अक्षकोषको ब्याजबाट समाज परिवर्तनमा योगदान दिने एकजना पत्रकारलाई बार्षिक पुरस्कृत गर्ने जनाएको छ ।
संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलवार कलंकीमा आयोजित उनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पाण्डेको नाममा १ लाख राशीको अक्षकोष स्थापना गर्ने घोषणा गरे ।

उनले समाज परिवर्तनमा योगदन दिने,क्रान्तिकारी प्रगतिशील विचार राख्ने पत्रकारहरु मध्यबाट छनौट गरी पुरस्कार राशी वितरण गरिने बताए । अध्यक्ष विश्वकर्माले परिवारका सदस्य र जनपत्रकार संगठन नेपाल संरक्षक हुने गरी अक्षकोष स्थापना हुने र सोही अनुसार संचालन गर्ने जानकारी दिए । उनले इच्छुक व्यक्ति तथा संस्थाहरुलाई समेत अक्षकोषमा रकम सहयोग गर्न सकिने बताए ।
उनले भने ‘हाम्रो संगठनाका सचिवालय सदस्य समेत रहेका वरिष्ठ पत्रकार,क्रान्तिकारी विचारका धनी सुदर्शनराज पाण्डेको नाममा एउटा अक्षकोष बनाउँदैछौँ, यो परिवारका सदस्य र संगठनको सहभागीतामा हुनेछ, यो अक्षकोषको रकमको बार्षिक व्याजबाट प्रत्येक वर्ष समाजका लागि योगदान पुर्याउने र कलम चलाउने व्यक्तिलाई पुरस्कृत गर्नेछौँ । यसमा सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न सक्नुहुनेछ ।’
सो क्रममा नेकपाका पिविएम माइला सीले पनि अक्षकोषमा काठमाडौ जिल्ला पार्टीको तर्फबाट सक्दो रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ पत्रकार पाण्डेको जापानीज इन्सेफलाईटिस संक्रमणका कारण गत भाद्र २७ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा दुखद निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।