३ आश्विन २०८१, बिहीबार

मधेस प्रदेशले नमुना काम गर्ने

0

नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेश समितिकाे बैठकले नमुना कार्यहरु गर्ने निर्णय गरेकाे छ । जस अनुसार असाेज १५ गते सहिद स्मारक उद्घाटन गर्ने, असाेज ८ गते गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक साम्रागीहरु वितरण गर्ने, धनुषा जिल्ला सदस्य तथा मजदुर नेता माेनिका मण्डलकाे घर बनाइदिने र वरिष्ठ पत्रकार तथा पर्सा जिल्ला सदस्य सुदर्शनराज पाण्डे र पाण्डे पुत्र तथा सहिद सिजनराज पाण्डेकाे स्मृतिग्रन्थ प्रकाशित गर्ने निर्णय गरेकाे छ ।

साेमबार प्रदेश समितिकाे कार्यालय बर्दिबासमा भएको विशेष बैठकले साे निर्णय गरेकाे हाे । प्रदेश इन्चार्ज अनिल सीकाे अध्यक्षता भएको बैठकमा पार्टीमा ध्रुवीकरणमा समावेश भएका नेताहरु शिला यादव, इन्द्रदेव यादव, विश्वजित र नवल मण्डलकाे सहभागिता रहेको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।