३० आश्विन २०८१, बुधबार

नेपाली विशेषताको समाजवादको नेतृत्व विप्लवले गर्नुपर्छ : सुशिल सी

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपाली विशेषताको समाजवादको नेतृत्व नेकपाका महासचिव विप्लव सी बाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन् ।
सल्यान–काठमाडौं समाजवादी मञ्चको प्रथम साधारण सभालाई शनिबार काठमाडौँमा सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले यस्तो दाबी गरेका हुन् ।
‘समाजवादको नेतृत्व गर्ने नेता नेपालमा कोही छ त विप्लव छ अरु मैले देख्दैन, अरु सबै नेताहरुको व्यवहार जनताले हेरिसकेका छन्’ उनले भने, ‘अव नेपाली विशेषताको समाजवादको नेतृत्व विप्लवले गर्नु पर्छ, ३ करोड नेपाली जनताले एकपटक चाहेकको नेता विप्लव हुन् ।’
कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका नेता सुशिलले माओवादी केन्द्रसंगको एकताको कुरा कुनै स्वार्थ केन्द्रीत एकता हुन नहुने बताए ।
उनले केपी –प्रचण्ड र वैद्य–धर्मेन्द्र जस्तो एकता नेपाल कम्युनिष्ट पार्टीले माओवादी केन्द्रसंग नचाहेको पनि स्पष्ट पारे । उनले भने ‘व्यक्तिगत रुची र चाहाना सबैका आ–आफ्नै होलान, तर देश,जनता र वर्गले मागेको एकता निर्शत हुनु पर्छ, अनि नेपाली विशेषताको समाजवादमा पुग्न सकिन्छ ।’
उनले नेपालमा दलाल संसदीय व्यवस्था नै वर्तमान व्यवस्थाको अस्थीरता भएको टिप्पणी गर्दै संविधानमा निर्वाचन प्रणााली संशोधन गरेर समाजवाद नआउने ठोकुवा गरे ।
उनले भने ‘कांग्रेस एमालेले समानुपातिक र समावेशीताको व्यवस्था संविधानबाट हटाएर परिवर्तन हुदैन, यसरी संविधान संशोधन गर्नु पश्चगामी कदम हो, कसैले पनि अग्रगामी सोचले संशोधन गर्न पाईन्छ ।’
उनले नेपालमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले देशलाई परनिर्भर बनाएको बताए । नेपालका सबै राष्ट्रवादी शक्तिहरु एक भएर राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया रोक्नु पर्ने तर्क गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।