२३ भाद्र २०८१, आईतवार

सम्पर्क मञ्च समाजवाद निर्माणको महत्त्वपूर्ण आधार हुनेछ : सुशील सी

0

काठमाडौँ/ नेकपा स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सीले समाजवादी मञ्चले नेपालमा नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्न भूमिका खेल्नुपर्ने बताएका छन् । शुक्रबार दैलेख-काठमाडाैं समाजवादी मञ्चकाे प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उद्योगी दीप बहादुर शाहीले नेकपाले जमिन र उत्पादनसंग संघर्ष गरिरहेकोमा प्रशंसा गर्दै नेपालमा मौलिक समाजवादको आवश्यकता रहेको र त्यसको प्राप्तिका लागि अघि बढ्न सुझाव दिए । यसैगरी नेकपा केन्द्रीय सदस्य रामलाल सीले विभिन्न कामको सिलसिलामा काठमाडाैं आइ बस्नुहुने दैलेखीहरुको चौतर्फी हकहितको पक्षमा काम गर्न मञ्चलाई सुझाव  दिए । साथै अन्य अतिथि वक्ताहरुले पनि आ-आफ्नो शुभकामना एवं सल्लाह सुझाव राखेका थिए।

काठमाडौँको कान्तिपुर सिटी कलेजको हलमा भएको
दैलेख-काठमाडाैं समाजवादी मञ्चको प्रथम भेलाले  कृष्ण बहादुर शाहीलाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय सम्पर्क समिति समेत गठन गरेको छ ।समितिमा उपाध्यक्ष – अभिशेक सुनार, सचिव – कमल थापा, सहसचिव – अस्मिता शाही र कोषाध्यक्ष रमेश शाही रहेका छन् ।

सो कार्यक्रममा  नेकपा केन्द्रिय समिति सदस्य  राजकुमारी सी, केन्द्रीय प्रतिनिधि सदस्य  विक्रम सी, केन्द्रीय प्रतिनिधि सदस्य कुशल सी, केन्द्रीय प्रतिनिधि सदस्य हरि सी, व्यवसायी  सहवीर बिके तिरुवा, जनसम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न सी र कलाकारहरु खगेन्द्र विश्वकर्मा, कुसुम परियार र गोविन्द सी लगायतको सहभागिता रहेको थियो ।

कमल थापाको अध्यक्षता र सर्जक सीको स्वागत भाषणबाट शुरु भएको कार्यक्रमलाई  प्रतिबद्ध सीले सञ्चालन गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।