३० आश्विन २०८१, बुधबार

नेकपाकाे उत्पादनबाट प्रभावित हुँदै घनश्याम भुसालले भने ‘विप्लवबाट सिकौं’

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशभर उत्पादनलाई जोड दिदै गर्दा विभिन्न राजनीतिक पार्टीका नेताहरुमा आकर्षण पैदा भएको छ । यतिबेला राजनीतिक पार्टीका नेताहरु विप्लवको उत्पादन क्षेत्र कपिलवस्तुमा पुगेर मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल दशैँको बेला विप्लवको उत्पादन हेर्न कपिलवस्तु पुगे ।
एकीकृत समाजवादीका महासचिव भुसालको कपिलवस्तु पुग्दा आकर्षणको सीमा रहेन । उनलाई नेकपाका महासचिव विप्लवले कपिलवस्तुमा सर्वप्रथम स्वागत गरे । करिव ५ विगाह क्षेत्रफलमा रोपेको धानबाली भित्र्याउदै गर्दाको भुसाललाई अवलोकन गराए । महासचिव द्वय विप्लव र भुसालले धान काटिरहेको मज्जाले अवलोकन गरे । त्यहाँ वास्तविक समाजवादको अभ्यास भएको भुसालले महसुस गरे । उनले आनन्द स्पोर्टमा भने ‘दलाल पुँजीवादका विरुद्ध लड्न विप्लवबाट सबै कम्युनिष्टहरुले सिक्नु पर्छ, सबैले सिकौं ।’ यो भुसालको सामान्य भनाई होइन । यो कम्युनिष्ट आन्दोलनका लागि गहकिलो भनाई हो ।
आज कम्युनिष्टहरु जे जति बिग्रिएका छन्, श्रमबाट अलग भएर बिग्रिएका हुन्, भन्ने कुरा विप्लवले भुसाललाई बताए । ‘कम्युनिष्टहरु श्रमसंग एकाकार हुनु पर्छ । श्रम र कम्युनिष्ट अलग हुन सक्दैन । आज विश्वका कम्युनिष्टहरु तथा नेपालका कम्युनिष्टहरु श्रमबाट अलग हुनुले कम्युनिष्ट आन्दोलनमा समस्या पैदा भएको हो’ विप्लवले भने ।
कपिलवस्तुको नेकपाको कार्यालय पनि एकीकृत समाजवादीका महासचिव भुसालले अवलोकन गरे । कार्यालयको निर्माण र सजिसजावट आफ्नै श्रमबाट भएको सुन्दा भुसाल छक्क परे । उनले नेकपाका महासचिव विप्लवलाई भित्रैबाट धन्यवाद व्यक्त गरे । नेता भुसाल नेकपाले उत्पदन गरेको धान,तरकारी लगायतको कम्युनको सबै उत्पादनको अवलोकन गरे । एकीकृत समाजवादीका महासचिव भुलासले वास्तविक समाजवादको अभ्यायस भएको बताए । । नेपालका कुनै पनि कम्युनिष्टहरुले गर्न नसकेको काम विप्लवले गरेको भन्दै प्रशसा गरे । विप्लवको उत्पादन लगायतको सबै कामहरुबाट प्रभावित भएर एकीकृत समाजवादीका महासचिव भुलालले कपिलवस्तुवाट फेरी पनि उद्घोष गरे ‘अब विप्लवबाट सिक्कौं ।’
भुसालले यसो भनिरहदा विप्लवका नेता कार्यकर्ताहरु धान काट्न व्यस्त देखिन्थे । विप्लव स्वयम पनि धान काट्न व्यस्त थिए । अरुलाई दसैको टिका जमराको चटारो थियो भने विप्लवलाई कम्युनको धान भित्र्याउन चटारो थियो । यो वास्तविक कम्युनिष्ट नेताहरुमा हुनुपर्ने विरलै गुण हो ।
विप्लवले उत्पादन गरेको कम्युनमा यसअघि नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णवहादुर महरा, नेकपा समाजवादीका नेता प्रकाश ज्वाला, लगायतका थुपै राष्ट्रिय स्तरका नेताहरु अवलोकनमा पुगिसकेका छन् । राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्ति सफल बनाउनको लागि विप्लवले कृषि उत्पादनलाई जोड दिएका छन् । यो समाजवादी क्रान्ति सफल बनाउनका लागि महत्वपूर्ण आधार हुने नेताहरुको विश्लेषण छ ।
विप्लवले करिव ३ बर्षभित्र पार्टीलाई आत्मनिर्भर, नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउने संकल्प गरेका छन् । पार्टीलाई चन्दा मागेर चलाउने कुराको अन्त्य गर्ने विप्लवले बताउदै आएका छन् । उनले जनता र देशलाई आत्मनिर्भरर बनाउने सपना बुनेका छन् । त्यसको सुरुवात नेकपाले गरेको विप्लवको दाबी छ । यो बर्ष देशभर करिव ३ सय बढी बिगाह क्षेत्रफलमा नेकपाले उत्पादनको काम गरेको छ । यो कम्युनिष्टहरुका लागि स्वागतयोग्य कुरा हो ।
सबै कम्युनिष्टहरुले एकीकृत समाजवादीका नेता भुसालले भने जस्तै विप्लवको उत्पादनबाट सिकेर देशलाई आत्मनिर्भर बनाउने तिर लाग्दा उपयुक्त हुने राजनीतिक विश्लेषकहरुको ठहर छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।