३० आश्विन २०८१, बुधबार

सुदर्शनराज पाण्डेको स्मृतिग्रन्थकाे तयारी तिव्र

0

नेकपा पर्सा जिल्ला समिति सदस्य तथा वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिग्रन्थकाे तयारी तिव्र पारिएको
प्रकाशन विभागले जनाएको छ । यसअघि सहिद पुत्र सिजनराज पाण्डेकाे स्मृतिग्रन्थ प्रकाशनको अगुवाइ स्वयं सुदर्शनराज पाण्डेले गरेका थिए । कृति प्रकाशनको अन्तिम तयारी भइरहेको बेला अप्रत्याशित-अनपेक्षित रूपमा पाण्डेको देहान्त भयो । यस्तो अवस्थामा दुवैजनाको संयुक्त भाव आउने गरी ‘पिता र पुत्र’ शिर्षकमा संयुक्त स्मृतिग्रन्थ प्रकाशित गरिने भएको छ । स्मृतिग्रन्थका लागि लेख, तस्बिर, संस्मरण, कविता, श्रव्य-दृश्य तथा अन्य सामाग्री पठाई सहयोग गरिदिन हुन जनप्रचार तथा प्रकाशन प्रा.लि.ले अनुरोध गरेको छ ।
ग्रन्थ मङ्सिरमहिनाभित्र प्रकाशित गर्ने लक्ष्य रहेको प्रकाशन विभागका इन्चार्जसमेत रहेका नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।