६ कार्तिक २०८१, मंगलवार

अ.ने.म.संघ क्रान्तिकारी तुलसीपुरको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा धना सी

0

दाङ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी तुलसीपुर उपमहानगर समितिको दोस्रो नगर भेला सम्पन्न भएको छ ।
आइतबार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाको भुह्यारथानमा सम्पन्न भेलाले धना सीको अध्यक्षतामा १९ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।

दोस्रो भेलाले चयन गरेको कार्यसमितिको उपाध्यक्षमा तता सी, सचिवमा भावना सी, सह-सचिवमा गिता केसी बस्नेत र कोषाध्यक्षमा मनिषा सीलाई चयन गरिएको हो।

भेलाले २ जना कार्यसमिति सदस्य बैठकबाट थप गर्नेगरी १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एवम केन्द्रीय न्याय विभाग प्रमुख शितल सीको प्रमुख आतिथ्यता तथा नेकपाकी केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस मोर्चा फ्याक्सन इन्चार्ज सम्झना सी, नेकपाका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी, नेकपा दाङ जिल्ला सेक्रेटरी तिलक सी, अ.ने.म.संघ क्रान्तिकारी केन्द्रीय सदस्य रेखा सी, नेकपा दाङ जिल्ला सचिवालय सदस्य धर्ती सी, शिक्षक संगठनका केन्द्रीय सचिव निर्मला डाँगी, किसान संगठनका खिम बहादुर सी लगाएतको आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा सम्बोधन गर्ने वक्ताहरुले समाजवादी व्यवस्थामा मात्रै उत्पीडित महिलाहरुको मुक्ति सम्भव भएको धारणा व्यक्त गरेका थिए ।

संगठनकी नगर भेला आयोजक समिति सदस्य धना सीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संगठन जिल्ला सम्मेलन आयोजक समिति सदस्य अरुणा सीले गरेकी थिइन् भने स्वागत मन्तव्य तता सीको रहेको थियो ।

अनेमसंघ क्रान्तिकारी तुलसीपुरको दोस्रो भेलामा प्यानल प्रस्ताव पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।