६ कार्तिक २०८१, मंगलवार

नेकपाका स्थायी समिति सदस्य अनिल सीले राजनीतिक भेटवार्तालाई तिव्रता दिदै

0

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले चितवनमा राजनीतिक भेटवार्ता बढाएका छन् ।

आइतबार पश्चिम चितवनका पुराना वामपन्थी नेताहरू टङ्क रेग्मी गोर्खाली, विजय भुजेल, राजु भुसाल, हरिकृष्ण सापकोटा लगायतका पुराना नेताहरुलाई घरमा नै पुगेर भेटेका छन् ।

उनीहरूसँग समसामयिक छलफल पार्टी एकता, वाम ध्रुवीकरण लगायत पछिल्लो समय पार्टीले सोचेको राजनीतिक सामाजिक कामहरूको बारेमा छलफल गरेका छन् ।

छलफलमा उनले जनयुद्धको उपलब्धिहरुलाई रक्षा र स्थापित गर्दै अहिले समस्याको समाधानको लागि वैज्ञानिक समाजवादका बाटोमा नयाँ सिराबाट सोच्नका लागि अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।