८ कार्तिक २०८१, बिहीबार

नेकपा नेता अनिल सीद्वारा माओवादी केन्द्रका नेता पिएल श्रेष्ठ लगायतसँग भेटघाट

0

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले मंगलबार ठोरी गाउँपालिकाको पूर्व अध्यक्ष तथा माओवादी केन्द्रका नेता पि एल श्रेष्ठ लगायतका नेताहरुसङ्ग ठोरीमा भेटघाट गरेका छन् ।

मंगलबार पर्सा जिल्लाको ठोरी गाउँपालिकामा पिएल लगायतका नेताहरुलाई निर्मलबस्तीमा पुगेर भेटघाट गरेका हुन् ।

उनीहरूसँग समसामयिक छलफल पार्टी एकता वाम ध्रुवीकरण लगायत पछिल्लो समय पार्टीले सोचेको राजनीतिक सामाजिक कामहरूको बारेमा छलफल गरेका हुन् ।

छलफलमा उनले जनयुद्धको उपलब्धीहरुलाई रक्षा र स्थापित गर्दै अहिले समस्याको समाधानको लागि वैज्ञानिक समाजवादका बाटोमा नयाँ सिराबाट सोच्नका लागि अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।