८ कार्तिक २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई दाङमा भव्य स्वागत

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङमा भव्य स्वागत गरिएको छ ।
बुधबार पार्टीका नेताकार्यकर्ताले जिल्लाको भालुबाङमा पार्टीका महासचिव विप्लव सीलाई फुलमाला सहित स्वागत गरेका हुन् ।

स्वागतमा पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम १ नं. निर्वाचन क्षेत्र इन्चार्ज बिक्रम सी, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङका सेक्रेटरी तिलक सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य सुरज सी, मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सचीव भिमप्रकाश सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज पदम सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका अध्यक्ष पदम सी लगाएतका नेताकार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।

महासचिव विप्लवलाई स्वागत गर्न नेकपा (माओवादी केन्द्र) लमहिका इन्चार्ज विक्रान्त शर्मा , माओवादी केन्द्रका बिद्यार्थी नेता कल्याण अधिकारी लगाएतका नेताकार्यकर्ता भालुबाङ पुगेका थिए ।

महासचिव विप्लव भोलि राप्ती गाउँपालिकाको सभाहलमा सर्वपक्षीय भेटघाटलाई सम्बोधन गर्न दाङ आएका हुन् ।

विप्लवले आज दिउँसो अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदको बन्द सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।