७ पुष २०८१, आईतवार

आस्थाका बन्दीसँग नेता अनिल सीले गरे भेटघाट

0

नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सीले नख्खु केन्द्रीय कारागार, ललितपुर र केन्द्रीय कारागार सन्धारामा रहेका आस्थाका बन्दीहरुसँग भेटघाट र छलफल गरेका छन् । नख्खु जेलमा नेकपाका जिल्ला नेता इन्दल साह साहस र आदम कवारी केन्द्रीय कारागारमा छन् । कवारी सहिद परिवार पनि हुन् । ४ वर्षदेखि बन्दी जीवन बिताइरहेका उनीहरु दुवैजना धनुषा निवासी छन् । भेटको क्रममा राजनीतिक छलफलसहित आसन्न केन्द्रीय समिति बैठकको लागि नेता अनिल सीले सुझाव मागेका थिए । आस्थाका बन्दीहरुलाई पार्टीका प्रकाशन पनि प्रदान गरिएको भेटघाटमा संलग्न पत्रकार शोभराज बरालले बताएका छन् । मधेस प्रदेशका ४ जना आस्थाका बन्दीहरुमध्ये १ जना महोत्तरी जिल्ला कारागार र १ जना झुम्कास्थित केन्द्रीय कारागारमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।