धनुषाधाम नपा, धनुषा निवासी मोम्मद सकिल कवारी (२९वर्ष) लाई नेकपा मधेस प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सी, सुनसरी इन्चार्ज डिबी सी र युवा नेता नविन राईले झुम्का कारागारमा पुगेर छलफल गरेका छन् । कवारीलाई २०७६ मंसिर २ गते धनुषा जिल्ला, महेन्द्रनगरमा भएको घटनामा दोषी भएको भन्दै जिल्ला अदालत धनुषाले जन्मर्कद फैसला गरेको थियो । सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति अनुसार सकिललाई तुरुन्त रिहा गर्नुपर्ने जिकिर नेताहरुले भेटको क्रRममा बताएका थिए । सकिललाई २ वर्ष अगाडि सिन्धुली कारागारबाट झुम्का, सुनसरी केन्द्रीय कारागार सरुवा गरिएको हो
प्रतिक्रिया दिनुहोस्