२५ मंसिर २०८१, मंगलवार

यो वर्ष नेकपाले तुलसीपुर उपमहानगरपालिकामा २३० क्विन्टल धान फलायो

0

दाङ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यो वर्ष तुलसीपुरमा २३० क्विन्टल धान फलाएको जनाएको छ ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीले यो वर्ष तुलसीपुर उत्पादन केन्द्रमा मात्रै २३० क्विन्टल धान उत्पादन गरेको जानकारी दिएका छन् ।

पार्टीले नयाँ अवलम्बन गरेको एकीकृत स्वामित्वको प्रणाली र पार्टीको स्वामित्व गरि साढे ७ बिघा क्षेत्रफलमा धान खेती गरेको थियो ।

यस्तै पार्टीले उत्पादित धानबाट करिव ३ लाख ५० हजार बराबरको धान बिक्री समेत गरेको छ भने बाँकी परिमाणको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि गोदाममा स्टक गरिएको जनाएको छ ।

घोराही र देउखुरी उत्पादन केन्द्रमा ध्यान भित्र्याउने कार्य चलिरहेको र अबको सातादिन भित्रै कार्य सम्पन्न गरिने नेकपाका जिल्ला इन्चार्ज सविन सीले बताए ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको समेत नेकपाले जनाएको छ ।

नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देश र जनताको एजेन्डासहित देशव्यापी हजारौं बिघा जमिनमा कृषि उत्पादनको कार्यलाई अगाडि बढाएको छ ।

पार्टीले जनकम्युनको अवधारणासहित सामुहिक श्रम गर्दै कृषि उत्पादन गरिरहेको छ ।
पार्टीले कृषि उत्पादनमार्फत आत्मनिर्भर र उद्योग कलकारखानामार्फत समृद्धिको नीति पास गर्दै समाजवादी व्यवस्थाको मोडेल अनुसार उत्पादन कार्यलाई अघि बढाएको हो ।

नेकपाले अहिलेको संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवादको प्रस्ताव अघि सार्दै राजनीतिक कोर्समा दृढताका साथ अघि बढेको छ ।

विप्लवको उत्पादन नीतिले जनता नेकपाप्रति आकर्षित हुँदै गएको विश्लेषकहरुले बताउने गरेका छन् ।

यता नेकपाले ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा संघर्षको मोर्चा बनाएर उपयोग गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।