काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष भृकुटी सीले आजको दिन उत्पीडित वर्ग, जाति, क्षेत्रका जनताको मुक्तिका लागि संकघोष भएको दिन भएको बताएकी छन् । नेपाल कम्ँयुनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बृहत आमसभामा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएकी हुन् ।
उनले दलाल संसदीय व्यवस्थाका कारण नेपालका सम्पूर्ण श्रमिक समुदायसहित महिलाहरु धेरै पीडित भएको बताइन् । उनले यो व्यवस्थाले महिलालाई शरिर बेचेर खान बाध्य पारेको, श्रमिकले विदेशमा धेरै सस्तोमा श्रम बेच्न बाध्य भएको, धेरै महिलाहरुले आफ्नो जीवन गुजारा गराउन जस्तोसुकै कर्म गर्न बाध्य भएको बताउँदै यसको अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको जिकिर गरिन् ।
उनले यो व्यवस्थाको अन्त्य गर्न, आम श्रमजिवि र महिलाको लागि मुक्तिका लागि विप्लव नेतृत्वको नेकपाप्रति विश्वास रहेको बताउँदै त्यो विश्वासलाई टुट्न नदिन शुभकामना दिएकी थिइन् ।