काठमाडौँं – नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य खुमा सीले आफ्नो पार्टीले जनमुक्ति सेनाको विरासत जोगाएको बताएकी छन् । नेकपाले काठमाडौँमा आयोजना गरेको बृहत आमसभामा शुभकामना मन्तव्य राख्दै उनले जनमुक्ति सेना स्थापना भएको दिनमा पार्टी पुनरगठन गरेर जनमुक्ति सेनाको विरोसत जोगाएको बताएकी हुन् ।
पार्टी स्थापना भएको १० बर्ष पुराभएर पार्टी ११औँ बर्षमा प्रवेश गरेको बताउँदै उनले कक्का जवान भएको पार्टीले जनताको नेतृत्व गर्ने बताइन् । उनले दलदलमा फसेको कम्युनिस्टको झण्डालाई उठाएर विप्लवले समाजवादको नेतृत्व गर्ने बताइन् ।
११औँ पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता विप्लवले गरेका छन् भने कार्यक्रमको संचालन प्रवक्ता प्रकाण्ड सीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्