१० पुष २०८१, बुधबार

नेपाली जनताले देशको र आफ्नो मुक्ति चाहेको छ : प्रकाण्ड सी

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाली जनताले देशको र आफ्नो मुक्ति चाहेको बताएका छन् । पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताले आफ्नो र देशको मुक्ति चाहेको बताएका हुन् ।

आमसभालाई संचालन गर्दै प्रकाण्डले दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नेपाली जनताको चाहाना रहेको बताए । उनले जनताको यो चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेर छोड्ने उद्घोषसमेत गरेका छन् ।

उनले नेपाली क्रान्तिका नायक, जनताको विश्वास पात्र विप्लवको नेतृत्वमा नेपालमा दलाल पु्ँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना हुने ठोकुवा गरे । विप्लवको अध्यक्षतामा सुरु भएको आमसभालाई प्रकाण्डले संचालन गरेका थिए भने माइला सीले उपस्थिति सबैलाई स्वागत मन्तव्य मार्र्फत स्वागत गरेका थिए ।

कार्यक्रममा विभिन्न समुदायले आ–आफ्नो झाँकी प्रस्तुत गरेका थिए । साथै सामना संस्कृति परिवारले आफ्नो बेजोड प्रस्तुति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।