२० मंसिर २०८१, बिहीबार

नेकपाका महासचिव विप्लव र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

0

काठमाडौँ/  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार भेटवार्ता भएको छ । कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको उक्त भेटवार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा महत्वपूर्ण रहने भन्दै तीन बुँदे सहमति कार्यन्वयनमा पहल लिन सभापति तथा पूर्वप्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । यसैगरी, महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको हुनाले नेपाली कांग्रेसलाई विशेष पहल लिन आग्रहसमेत गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउँदै उक्त उत्पादनका कार्यलाई सरकारी तवरवाट बिशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताव समेत राखेका थिए ।

यसैगरी उक्त भेटवार्तामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफु दृढ भएको बताउदै सरकारसंग छलफल गरेर यसलाई छिटै टुङ्गोमा पुर्याउने बताएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि यस विषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।